दैलेखमा सडक दुर्घटना , रेडक्रसका कर्मचारीको मृत्यु !

दैलेखमा सडक दुर्घटना , रेडक्रसका कर्मचारीको मृत्यु !

समाचार

Sharing is caring!

दैलेख – शनिबार दैलेखमा मोटरसाइकल दुर्घटनामा परी एक कर्मचारीको मृत्यु भएको छ । दुर्घटनामा  रेडक्रस सोसाइटीका कर्मचारीको ज्यान गएको हो ।  दुर्घटनामा रेडक्रस सोसाइटी दैलेख शाखामा कार्यरत उदयपुरको चौदण्डीगढी नगरपालिकाका ४२ वर्षीय नारायणप्रसाद पोखरेलको ज्यान गएको दैलेख प्रहरीले जनाएको छ।

सदरमुकामबाट कार्यक्षेत्र नौमुले गाउँपालिका तर्फ जाँदै गर्दा पोखरेल सवार बा ७५ प ५८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको दैलेख प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।
पोखरेलको शव पोस्टमार्टका लागि दैलेख अस्पताल लागीएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *