स्कुल गएकी बालिकालाई भारत बेच्न लागेको अवस्थामा प्रेमी प्रेमिका विराटनरबाट पक्राउ

समाचार

Sharing is caring!





विराटनगर । डान्स क्लास हिँडेकी झापा बिर्तामोडकी १३ वर्षीया बालिकालाई भारतमा बेच्न लागेको अवस्थामा मानव तस्करका सदस्य पक्राउ परेका छन् ।

 

 

 

 

 

 

 

शनिबार स्कुलमा डान्स क्लास छ जान्छु भन्दै हिंडेकी बालिकालाई भारत लगेर बेच्न योजना उनीहरुको रहेको खुल्न आएको छ ।

स्कुल गएकी छोरी शनिबार अबेरसम्म पनि घर नफर्केपछि आफन्तले खोजी गरे, तर भेटेनन् । भोलिपल्ट पनि नआएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिएका थिए ।

 

 

 

 

 

 

 

शनिबार घरबाट स्कुल जान्छु भन्दै आउन सिकाएर बालिकालाई त्यस दिन राति हिराकुमार सहनीको डेरामा राखिएको थियो । भोलिपल्ट भारततर्फ लैजाँदै गर्दा पक्राउ गरेको प्रहरीको दाबी छ ।

बालिकालाई भारत लगेको आरोपमा प्रहरीले भारत मजतपुर घर भई झापाको बिर्तामोड नगरपालिका– ५ मुर्तीचोकमा डेरा गरी बस्दै आएका २३ वर्षीय हिराकुमार र बाराको कोल्वी नगरपालिका – ४ की १९ वर्षीय सिरिसा सिंह महथालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु प्रेमीप्रेमिका रहेको प्रहरीको दाबी छ ।

 

 

 

 

 

 

 

बालिकालाई बेच्न लगेको आशंका छ । पक्राउ परेका दुई जनालाई मानव वेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठको भनाई थियो ।




Leave a Reply

Your email address will not be published.