कसै-कसैले धेरै पैसा कमाउँछन् तर आर्थिक अवस्थामा सुधार हुँदैन।
कुनै न कुनै समस्याले घेर्छ, जसका कारण खर्च बढ्दै जान्छ । कोही बिमारीमा र कोही पसिना बगाउछन त कोही कोहिले। ज्योतिष शास्त्रका अनुसार यी समस्याको कारण वास्तु दोष पनि हुनसक्छ, जसमा मानिसहरु प्रायः ध्यान दिदैनन् । जानौँ ज्योतिष शैलेन्द्र पाण्डेबाट केही यस्ता कुराहरु जसको कारणले घरमा पैसा रोकिदैन ।
घरको मुख्य ढोका:
ज्योतिषाचार्य शैलेन्द्र पाण्डेले घरको मुख्य ढोका सधै सफा राख्नुपर्ने बताउनुभयो । जसको घरको मुख्य ढोकामा सरसफाई हुँदैन, उनीहरुको घरमा रोगहरु बस्छन् । यस्ता व्यक्तिले कमाएको अधिकांश पैसा रोगमा खर्च हुन्छ । त्यसैले मुख्य ढोकामा कहिल्यै पनि फोहोर नहोस् भन्ने कुरामा ध्यान दिनुहोस्। यदि सम्भव छ भने, घरको मुख्य प्रवेशद्वारमा केही शुभ चिन्हहरू बनाउनुहोस्।
यो उपाय गर्नुहोस्
जसको घरमा पैसा रहँदैन, उनीहरूले नियमित रूपमा आफ्नो घरमा चन्दनको अगरबत्ती वा धूप बाल्नु पर्छ। चन्दनको सुगन्धले घरको नकारात्मक ऊर्जालाई हटाउँछ र धनकी देवी लक्ष्मीले घरमा सधैं बास गर्छिन्। यसबाहेक कुनै पनि परोपकारी अस्पतालमा औषधि वा पैसा नियमित दान गर्नुहोस्। वा गरिब व्यक्तिलाई उसको उपचारमा मद्दत गर्नुहोस्। यसो गर्नाले माता लक्ष्मी प्रसन्न हुनुका साथै धनकी देवीको कृपा प्राप्त हुनेछ ।