४ घण्टासम्म साल नखसेपछि जाजरकोटकी ३० वर्षीया नारायणकलीले गुमाइन ज्यान, चौथो सन्तान रुपमा दिएकी थिइन छोरालाई जन्म

समाचार

Sharing is caring!



सुर्खेत, १३ असार:

जाजरकोट कुशे गाउँपालिका–५ जरगाउँकी ३० वर्षीया नारायणकली रोकायको सुत्केरी हुँदा मृत्यु भएको छ । घरमै सुत्केरी भएकी रोकायाले चौथो सन्तानलाई जन्म दिएपछि ज्यान गएको स्थानीय तारा खड्काले जानकारी दिइन् ।

समयमै साल नखसेर नारायणकलीको मृत्यु भएको खड्काको भनाई रहेको छ । सुत्केरी भएको ५ घण्टापछि मृत्यु भएकी नारायणकलीको ४ घण्टासम्म साल खसेको थिएन ।

स्थानीय मेडिकलमा कार्यरत स्वास्थ्यकर्मीको सहयोगमा साल खसेको भएता पनि नारायणकलीको ज्यान गएको प्रहरीले जनाएको छ ।

उनका दुई छोरी र एक छोरा थिए । चौथो सन्तान छोरा जन्म दिएपछि नारायणकलीको ज्यान गएको हो । नवजात शिशुको स्वास्थ्य अवस्था भने सामान्य रहेको तारा खड्काले बताएकी छन् ।



Leave a Reply

Your email address will not be published.