एजेन्सी – ‘दिल तो ह्याप्पी है जी’ भारतीय टेलिसिरियलकी अभिनेत्री सेजल शर्माले आत्महत्या गरेकी छिन्। आफ्नै घरमा झुन्डिरहेको अवस्थामा शर्माको शव फेला परेको हो। उनले आत्महत्या गर्दा उनका दुई साथी त्यही घरमा रहेकोले उनको मृत्युलाई शंकास्पद तरीकाले हेरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रहरीले उनको सुसाइट नोट फेला पारेको छ । एक्सिडेन्टल डेथ रिपोर्ट अनुसार घटनाको अनुसन्धान शुरु भएको भारतीय प्रहरीले जनाएको छ।
‘हो, यो सत्य हो। म पनि झसङ्ग भए सुनेर। मलाई त विश्वास गर्न नै गाह्रो भयो किनकि १० दिन अघिमात्रै हाम्रो भेट भएको थियो,’ सिरियलका सह अभिनेता अरु के वर्माले भने, ‘भेट्दा उनी ठीक देखिएकी थिइन्।’ एएनआईले जनाएको छ।