प्रदेश ३ को नाम र राजधानीको विकल्प नखोज्न नेकपाको अर्को उर्दीः प्रदेश सांसदको औंचित्य के ?

समाचार

Sharing is caring!

मिति : मङ्ल, पुस २२, २०७६

काठमाडौंः प्रदेश(३ को स्थायी राजधानी हेटौंडा र नाम बाग्मतीको विकल्प नखोज्न शीर्ष नेताले अर्को उर्दी दिएको समाचार वाहिर आएको छ ।

सचिवालय बैठकले गत हप्ता दिएको निर्देशमा प्रदेश सभा सदस्यहरुले चर्को आलोचना गरेपछि केन्द्रले फेरी यस्तो निर्देशन दिएको हो ।

राजधानी र नामकरण तोक्न प्रदेश संसदीय दल र प्रदेश कमिटीलाई निर्देशन दिएपछि बसेको बैठकमा सदस्यहरुले पार्टी चर्को आलोचना गर्नुका साथै केन्द्र हेटौंडा राख्ने कुरालाई नमान्ने बताउँदै आएका छन् । उनीहरुले आफ्नो स्वबिवेक र अधिकार प्रयोग गर्नुपर्ने कुरामा नेतृत्वले दवावमा राखेको गुनासो गरेका छन् ।

राजधानीको विषयमा शीर्ष नेतासँग कुरा गर्न पुगेका प्रदेश-३ का नेकपा संसदीय दलका मुख्य सचेतक रामेश्वर फुयाँल, नेकपा प्रदेश ३ की इन्चार्ज तथा प्रदेश सांसद अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, पशुपति चौलागाईं र नेकपा प्रदेश ३ का सचिव नारायण दाहाललगायतको टोली आज फेरी नाम र प्रदेशका विषयमा केन्द्रको निर्देशन मान्न सदस्यहरुलाई उर्दी दिएपछि उनीहरुको मानसिकता झन् खस्किएको बताएका छन् ।

बहुमत सांसद हेटौँडाको विपक्षमा देखिएपछि नेकपा नेतृत्वले यस्तो उर्दी दिएको छ साथै ह्विप समेत जारी गर्ने पक्षमा नेतृत्व तह पुगेको बताइन्छ ।

यसरी जनताबाट निर्वाचित जनप्रतिनिधहरु जनताको मतको कदर गर्नुपर्ने समयमा नेताको उर्दी आत्मसाथ गर्नुपर्दा उनीप्हरुको लोकप्रियता त घटेर नै जान्छ त्यसको साथसाथै आगामी निर्वाचनमा समेत ठेस नलाग्ला भन्न सकिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *