सुमन महतरा, प्रदेश ५ ब्यूरोः गुल्मीमा खाना पकाउने सिलिण्डर ग्यास पड्किदा दुई जना घाइते भएका छन् ।
जिल्लाको ईस्मा गाउँपालिका ६ राङ्दालमा रहेको दिपा होटलमा सिलिण्डर पड्किदा २ जना घाइते भएका हुन् ।
रातको करिव १ बजे किचनमा लागेको आगोले सिलिण्डर जलेकोर निभाउने प्रयास गर्दा उनीहरु जलेर घाइते भएको बताइएको छ ।
घाइते हुनेमा बर्ष ४४ का कृष्ण कुवँर र ३२ बर्ष का भोज बहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जानकारी दिएको छ । घाइते दुई जनालाई गुल्मी अस्पताल तम्घासमा सामान्य उपचार पश्चात थप उपचारको लागि पाल्पा पठाईएको छ ।
आगलागीबाट लाखौंको क्षती पुगेको छ ।