काठमाडौंको सानेपामा पूर्व सचिवकी श्रीमती रगताम्य अवस्थामा फेलाः कामदार झुण्डिएको अवस्थामा फेला

समाचार

Sharing is caring!

काठमाडौंः पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्की आफ्नै घरको भान्छा कोठामा घाइते अवस्थामा फेला परेकी छन् भने घरमा काम गर्ने विजय चौधरी डाइनिङ रुममा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

सोमबार बिहान ललितपुर उपमहानगरपालिका(२, सानेपास्थित आफ्नै भरको भान्छा कोठामा फेला परेकी कार्कीको टाउकोमा गम्भीर चोट लागेको छ भने कामदार मृत अवश्थामा छन् ।

घाइते उनलाई उपचारका लागि स्टार अस्पताल लगिएको छ।

बिहान घरबाहिर निस्किएका पूर्व सचिव कार्की घर फिर्ता हुँदा सो अवस्था देखेपछि प्रहरीलाई खबर र त्यसलगत्तै घरमा पुगेको प्रहरीले श्रीमती कार्कीलाई जीवित नै रहेको फेला पारेपछि अस्पताल लगेको हो। ु

प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *