अस्पताल प्रशासन सामु व्यवसायी निरिह

अस्पताल प्रशासन सामु व्यवसायी निरिह

समाचार

Sharing is caring!

नारायण वली

बुटवल । प्रदेश नं. ५ को बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल परिषर अगाडिका सटरहरु आज (विहिवार) डोजर लगाएर भत्काएको छ । गत जेठमा अस्पताल प्रशासन र मेडिकल व्यवसायीहरु विच भएको पाँच बर्षे सम्झौता तीन महिना भित्रै उक्त सम्झौतालाई तोड््दै डोजर चलाईएको हो । जसका कारण लाखौं रुपैयाँ धरौटी लुम्विनी प्रादेशिक अस्पताललाई दिएर मेडिकल सञ्चालन गरेका व्यवसायीहरु अहिले निरिह वन्न पुगेका छन्् ।

यस्तै अस्पताल प्रशासनले २०७५ साल फागुन २८ गते एक सार्वजनिक सूचना जारी गर्दै ६१ जना र २०७६ जेठ २८ गतेको सूचनामा १२ जना व्यवसायीहरुले पाँच वर्षका लागि भाडा सम्झौता गरेको जनाएको थियो । गत कात्तिक १८ गते वसेको प्रदेश नं.५ मन्त्रीपरिषद््को बैठकले लुम्विनी प्रादेशिक अस्पतालका सटरहरु गत मंसिर मसान्त सम्म हटाउने निर्णय गर्दै, यदी नहाटाईएमा डोजर लगाएर हटाउने निर्णय गरेको थियो । यता अस्पताल प्रशासन संग पाँँच वर्षका लागि गरिएको सम्झौता तीन महिनामै तोडेर प्रदेश सरकारले सटर खाली गर्ने निर्णय गरेपछि व्यबसायीहरुले न्याय माग्दै अदालत पुगेका थिए ।

तर जिल्ला अदालत रुपन्देहीले व्यबसायीहरुको विपक्षमा फैसला गरे पश्चात्् पुनः व्यबसायीहरु सोही मुद्धा लिएर सर्बोच्च अदालत पुगेका थिए । अस्पताल प्रशासन र प्रदेश नं.५ सरकारलाई विपक्षी बनाएर २६ वटा सटर व्यवसायीहरुका तर्फ बाट यज्ञ प्रसाद सापकोटाले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । प्रदेश ५ सरकारले अस्पतालको बिकास संगै प्रदेश गौरवको आयोजनाको रुपमा अगाडि बढाउने लक्ष्यका साथ सो सटरहरु भत्काईएको जनाईएको छ ।

जिल्ला अदालत रुपन्देही मा परेको मुद्दा उपर अदालतले सटर भत्काउन बाटो खुलाए संगै अस्पताल बिकास समितिले बुधबार राति १२ बजे सम्म २४ घण्टे अल्टिमेटम दिएको थियो । अल्टिमेटम उपर पनि ब्यबसायिहरुले सटर खालि गर्न आनाकानी गरेपछि डोजर चलाईएको ईलाका प्रहरी कार्यलय बुटवलका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए । अस्पताल प्रशासनले सम्झौता तोडेर सटर खाली गराउनका लागि गत सोमबार साँझ ४८ घण्टे अल्टिमेटम दिएको थियो । तर प्रशासनले दिएको अल्टिमेटमको समयावधि भित्र व्यबसायीहरुले उक्त सटरहरु खाली नगरेपछि प्रशासनले प्रहरी लगाएर डोजर चलाएको वताईएको छ ।

यसैविच साविक लुम्विनी अञ्चल अस्पताल सटर व्यवसायी संघका पुर्वअध्यक्ष केदार नेपालले दुई पक्षिय विच गरिएको सम्झौताको मसी सुक्न नपाउँदै सटरहरु भत्काईनु दुखको कुरा भएको वताउनु भयो । साथै उहाँले भन्नुभयो आफुहरु विकासको विरोधी होईनौ, तर विकासको नाममा जनतालाई दुख दिदै क्षति पु¥याएको प्रति प्रदेश सरकारले विस्थापित हुन पुगेका व्यवसायीहरुलाई व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो ।

पुर्वअध्यक्ष नेपालले यद्यपी तिन महिना भित्र सो सटरहरु भत्काईनु थियो भने किन टेण्डर आह्वान गरिएको हो भनी प्रश्न गर्नुभयो । अर्काे एक प्रशंगमा उहाँले जसरी प्रशासनले व्यवसायीहरुलाई ४८ घण्टे उक्त सटरहरु भत्काउन अन्तिम आदेश दिईएको थियो त्यसरी नै ४८ घण्टे समयावधि भित्र व्यवसायीहरुले दिएको धरौटी लुम्विनी प्रादेशिक अस्पताले फिर्ता गर्नुपर्ने माग गर्नुभएको छ । सटरहरु भत्किदा अहिले ७३ वटा ब्यवसायीहरु विस्थापित हुन पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *