माग्ने बुढा ट्राफिक कारवाहीमाः माफी माग्दै पुगे ट्राफिक महाशाखा

समाचार

Sharing is caring!

काठमाडौंः चर्चित हास्य कलाकार केदार घिमिरे अर्थात माग्ने बुढा ट्राफिक कारवाहीमा परेका छन् ।

महानगरीयट्रफिक महाशाखाबाट खटिएको प्रहरीले ललितपुरस्थित ग्वार्कोबाट उनलाई कारवाही गरेको हो ।

बा१७च१५२८ नम्बरको नीजि सवारीमा सवार उनले सिट बेल्ट नलगाई सवारी हाकेको भन्दै डिउटिमा खटिएको प्रहरीले उनलाई कारवाही गरेको हो ।

कारवाही पश्चात उनी आज महानगरीय ट्राफिक महाशाखा रामशाह पथ पुगेका छन् । प्रहरीको यस्तो कामलाई धन्यवाद् दिने भन्दै उनी त्यहा पुगेको जनाइएको छ ।

उनले ट्रफिकको काम कारवाही राम्रो भएको र सबैलाई समान रुपमा हेर्न थालेको भन्दै धन्यवाद समेत ब्यक्त गरेका छन् ।

ट्राफिक उल्लघन गरेपश्चात लिनुपर्ने ट्राफिक क्लास र तोकिएको जरीवाना समेत उनले तिरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *