छ वर्षअघि थाइल्यान्डमा भ्यालेन्टाइन्स डेका अवसरमा एक जोडीले शव–बाकसमा सुतेर विवाह गरेका थिए ।
४० बर्षिय दुलाहा तानापात्पुरिन सामाङ्निती र २६ बर्षिय दुलही सुनान्तालुक कङकुनले वात ताकिन मन्दिरमा बिहे गरेका थिए । उनीहरुले शव–बाकसमा सुतेर विवाह गरेका हुन् ।
बैंककको बाहिरी इलाकामा रहेको मन्दिरमा उनीहरूको विवाह बौद्ध भिक्षुहरूले गराएका थिए । शव–बाकसमा केही बेर सुत्दा आयु लम्बिने स्थानीय विश्वासअनुसार तानापात्पुरिन र सुनान्तालुकले यसरी बिहे गरेका थिए ।