बुधबार, माघ २९, २०७६ काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले स्वस्थानीका पाना च्यात्ने अभिब्यक्ति दिने सांसदले शब्दको कडा प्रहार गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकको शुन्य समयमा आफ्नो भनाई राख्ने नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद योशोदा गुरुङ सुवेदीले स्वस्थानी व्रत कथाका पानाहरू च्यात्नुपर्ने अभिब्यक्ति दिएपछि भण्डारीले खरो शब्दवाण प्रहर गरेका हुन् ।
भण्डारीले सामाजिक संजल ट्विटरमा ट्विट गर्दै उश्रृखल अभिब्यक्ति दिएर समाज भड्काउन खोज्ने सांसदलाई कर्ममा भन्दा लुटमा विश्वास भएकाहरुले दिने अभ्ब्यिक्तिको संज्ञा दिएका छन् ।
उनले लेखेका छन्, ‘दिमागमा विध्वंश बोकेका लुटतन्त्रमा हुर्केका, मान्छेको रगतमा रमाउने, कर्ममा भन्दा लुटमा विश्वास गर्नेहरुलाई अरुको आस्थाको किताव च्यात्नु कुन ठुलो कुरा भयो र….’
त्यस्तै मंगलबार मात्रै राप्रपाका अध्यक्ष कमल थापाले समेत यो विषयलाई लिएर आपत्ति जनाएका थिए । थापाले पढ्नु पर्ने मन छैन भने नपढ्दा हुन्छ, त्यहि अनुसारको व्यवहार गर्दा हुन्छ भन्दै अरुको आश्था र विश्वासमाथि आघात पुर्याउने काम नगर्न अनुरोध गरेका थिए ।
सांसद सुवेदीले ‘छाउजस्ता परम्परा र संस्कृतिलाई मजबुत पार्ने स्वस्थानी ब्रत कथा र ऋषी पञ्चमी ब्रत कथाका पाना च्यात्न सकोस्’ ‘सम्माननीय सभामुख ज्यू, मार्फत म यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छु ।’ भन्दै समाज भड्काउने अभिब्यक्ति दिएकी थिइन् ।
यसरी नेपाली समाजमा अनेक किसिमका शब्दहरुको प्रयोग गरेर नेपाली संस्कृति र मूल्य मान्यतामाथि नै धवा बोल्नुले संसदको त गरिमा नै रहदैन भने स्वंय अभिब्यक्ति दिने सांसद सुवेदीको समेत बैदिकता देखिदै ।