नयाँ बसपार्कबाट वेश्यावृत्तिमा लगाउने गेष्टहाउस सञ्चालकसहित ५७ जना पक्राउ

नयाँ बसपार्कबाट वेश्यावृत्तिमा लगाउने गेष्टहाउस सञ्चालकसहित ५७ जना पक्राउ

समाचार

Sharing is caring!

काठमाडौं: प्रहरीले गोँगबु क्षेत्रमा आपराधिक क्रियाकलापमा संलग्न ५७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४० जना पूरुष्न १६ जना महिला र एक तेस्रोलिंगी छन् ।

महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति चलाएको शुद्धीकरण अभियानमा गेष्ट हाउसका सञ्चालकसहित ५७ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले गेष्ट हाउस सञ्चालन गरेर वेश्यावृत्तिमा लगाउने शिवपुरी गेष्ट हाउसका सञ्चालक विनोद भट्टराई, मुस्ताङ गेष्ट हाउसका सञ्चालक नरेन्द्र पोमु र वाग्लुङ भोजनालयका सञ्चालक सोमबहादुर तामाङलाई पक्राउ गरेको छ । यसैगरी गेष्ट हाउसमा विचौलियाका रुपमा कार्यरत विष्णु थापा, अशोक पोमु र कमल कालाखेतीलाई समेत नियन्त्रणमा लिएको छ । अभियानका क्रममा जबर्जस्ती करणी मुद्दामा फरार अपराधी शनकाजी दर्जी पनि पक्राउ परेका छन् ।

पाँच महिनाको अबधिमा झण्डौ एक हजार व्यक्तिलाई पक्राउ गरी कारवाही गरीसकेको छ ।अभियानका क्रममा प्रहरीले विभिन्न होटल तथा रेस्टुराँबाट १०० लिटर घरेलु मदिरासमेत नष्ट गरेको छ ।

पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *