भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुले आमरण अनसन सुरु गर्ने

भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुले आमरण अनसन सुरु गर्ने

समाचार

Sharing is caring!

काठमाडौंः भूतपूवर्ष ब्रिटिस गोर्खा सैनिकहरुले एक महिनाभित्र आफ्ना मागहरु पूरा नभए आमरण अनसन सुरु गर्ने चेतावनी दिएका छन्।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो चेतावनी दिएका हुन् ।

बेलायत सरकारले समान व्यवहार नगरेको, सेवाको स्वच्छ मुल्यांकन नभएको र मानविय व्यवहार समेत नगरेको भन्दै लामो समयदेखि संघर्षरत गोर्खा सैनिकहरुले एक महिनाभित्र आफ्ना मागहरु पुरा तत्परता नदेखाएको आरोप समेत लगाए ।

उनीहरुले नेपालमा बेलायत सरहकै निःशुल्क स्वास्थ्य सुविधा, कटौती तथा मारमा परेका सबैलाई चित्तबुझ्दो क्षतिपूर्ति, वयस्क छोरा(छोरीहरुलाई बेलायतमा निशर्त आवासिय भिसा दिनुपर्ने माग राखेको र माग पूरा नभए अमरण अनसन बस्न बाध्य हुने चेतावनी दिए ।

भूपू गार्खाहरुले मार्च १५, २०२० सम्मको समयसीमा भित्र दुवै देशले वार्ता समिति गठन गरी वार्ताको सुरुवात गर्ने विश्वास लिएका छन्।

उक्त समयसम्म आफ्ना मागहरुका विषयमा गम्भिर नभए आमरण अनसनका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकालयमा जाने समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *