बुटवल: रुपन्देहीको तिलोत्तमा नयाँ मिलमा सिलिण्डर ग्याँस बोकेको गाडी दुर्घटना हुँद ाएकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
आइतबार दिउँसो बुटवलवाट भैरहवातर्फ जादै गरेको लु१च ३८२६ नम्बरको गाडीले अनियन्त्रित भइ लु१९प ५३६३ नम्बरको मोटरसाइकलसालाई ठक्कर दिदा दुर्घटना भएको हो ।
दुर्घटनामा गाडी चालक दाङका ३० वर्षीय असकुमार चौधरी सहित तीन जना गम्भीर घाइते भएको र उपचारका क्रममा चौधरीको मृत्यु भएको रअन्यको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेह हुनेमा पाल्पा जिल्ला तिनाउ गाउँपालिका १ का मोटरसाइकल चालक ४७ वर्षीय कमलप्रसाद पोखरेल र सोही मोटरसाइकलमा सवार वर्ष ३५ का कृष्ण खड्का रहेका छन् ।
उनीहरुको क्रिमशन अस्पताल मणिग्राममा उपचार भैरहेको छ ।