दुईवटा टाउको, तीनवटा खुट्टा भएका बच्चाहरु कसरी जन्मिन्छन् ? यस्तो किन र कहिले हुन्छ ?

समाचार

Sharing is caring!

हालै भारतमा दुर्लभ खालको बच्चाको जन्म भएको छ । यहाँ एउटा यस्तो बच्चाको जन्म भएको छ जसको दुईवटा टाउको, तीनवटा हात र दुईवटा मुटु छन् ।

शाहिन खान र उनका श्रीमान् सोहेललाई सुरुमा उनका जुम्ल्याहा सन्तानको जन्म हुँदैछ भन्ने जानकारी दिइएको थियो । तर जब बच्चा जन्मियो तब डाक्टरसमेत सुत्केरी वार्डका सबैजना आत्तिए । शाहिनले दुईवटा टाउको भएको बच्चा जन्माइन् । यो घटना मध्यप्रदेशको रतलामको हो । बच्चालाई जन्मिएलगत्तै इन्दौरस्थित अर्को अस्पतालमा रिफर गरियो जबकी बच्चाकी आमालाई जिल्ला अस्पतालमा नै राखियो ।

डाक्टरका अनुसार यो डाइसेफेलिक प्यारापेगस नामको रोग हो । यसलाई डाक्टरले दुर्लभ मामिला बताएका छन् । यस्ता खालका बच्चा जीवित रहने सम्भावना निकै कम हुन्छ । यस्तोमा डाइसेफेलिक प्यारापेगस समस्या के हो र यस्तो किन हुन्छ भन्नेबारे जानकारी लिऔँ ।

के हो डाइसेफेलिक प्यारापेगस रोग ?

डाइसेफेलिक प्यारापेगस रोग एउटै शरीरमा दुईवटा टाउकोसँगै जोडिने एक दुर्लभ रुप हो । यस्ता अवस्थामा जन्मिएका बच्चा धेरैजसो अवस्थामा जन्मिनु अघि वा जन्मिएलगत्तै मृत्यु हुने गर्छ । यसरी जोडिएका बच्चाको बाँच्ने सम्भावना निकै कम हुन्छ ।

मेयो क्लिनिकका अनुसार यस्ता खालका जुम्ल्याहा बच्चा कम्मर, पेट वा छातीसँग जोडिएका हुन्छन् तर उनीहरुको टाउको छुट्टा छुट्टै हुन्छ । यसबाहेक यी जुम्ल्याहा बच्चाको दुई, तीन वा चारवटा हात र दुई वा तीनवटा खुट्टा हुनसक्छन् । यस्ता खालका बच्चाको शारीरिक अंग कतिपय अवस्थामा एउटै हुन्छ वा छुट्टा छुट्टै पनि हुनसक्छ । यस्ता थुप्रै घटना पनि छ जहाँ डाक्टरले यस्ता बच्चाहरुलाई अलगसमेत गरेका छन् तर यसको सम्भावना निकै कम हुन्छ । यस्तै बच्चा कहाँबाट जोडिएको छ र कस्ता अंग साझेदार गरिरहेका छन् भन्नेकुरा पनि यसमा निर्भर हुन्छ ।

डाइसेफेलिक प्यारापेगसमा के कुनै लक्षण देखिन्छ ?

यसको न त कुनै संकत हुन्छ न नै कुनै लक्षण देखिन्छ । अन्य ट्वीन प्रेग्नेन्सीजस्तै यसमा गर्भाशय निकै तीब्र रुपमा बढ्छ । साथै महिलालाई गर्भावस्थाको सुरुवाती दिनमा धेरै नै थकाई लाग्ने, रिँगटा लाग्ने र बान्ताको समस्या हुन्छ । स्ट्यान्डर्ड अल्ट्रासाउन्डमार्फत् प्रेग्नेन्सीको सुरुवाती समयमा जोडिएका बच्चा (कन्जोइन्ड ट्विन्स) बारे पत्ता लगाउन सकिन्छ ।

कसरी जन्मिन्छन् जोडिएका बच्चा ?

कन्जोइन्ड ट्विन्सलाई उनीहरुका कहाँबाट जोडिएका छन् भन्ने कुरामा आधारित भएर वर्गीकृत गरिन्छ । कतिपय अवस्थामा त यी बच्चाहरु शरीरको कुनै हिस्सासँग जोडिएका त हुन्छन् नै, कतिपय अवस्थामा दुईवटा बच्चाले एउटै अंग प्रयोग गरिरहेका पनि हुन्छन् ।

जुम्ल्याहा हुनुको साटो जोडिएका बच्चा कसरी जन्मिन्छन् ?

गर्भधारणको केही हप्तापछि फर्टिलाइज्ड एग दुई भिन्न भिन्न भ्रुणमा बाँडिने गर्छ र यसमा अंग बन्ने काम सुरु हुन्छ । यस्तो हुँदा जुम्ल्याहा बच्चा जन्मिन्छन् तर केही मामिलामा भ्रुण अलग्गिने यो प्रक्रिया बीचमा नै रोकिने गर्छ जसले जुम्ल्याहा हुनुका साटो दुईवटा टाउको भएको वा जोडिएका बच्चा जन्मिन्छन् ।

यी अंगमा जोडिएका हुनसक्छन् कन्जोइन्ट ट्विन्सः

छाती

धेरैजसो अवस्थामा बच्चा छातीमा जोडिएका हुन्छन् । छातीमा जोडिएको हुनाले थुप्रै पटक उनीहरुको एउटै मुटु, कलेजो र ठूलो आन्द्रा हुन्छ । कन्जोइन्ड ट्विन्सका धेरैजसो अवस्थामा बच्चाको शरीरको यो हिस्सा जोडिएको हुनु निकै साधारण हुन्छ ।

पेट

कतिपटक बच्चाको पेट जोडिएको हुन्छ । यसरी जोडिएका बच्चामा कलेजो र सानो आन्द्राको तल्लो हिस्सा र कोलन एउटै हुन्छ । यहाँ जोडिएका बच्चाको मुटु भने छुट्टा छुट्टै हुन्छ ।

मेरुदण्डको तल्लो हिस्सा

कतिपटक बालबालिका मेरुदण्डको हड्डीको तल्लो हिस्सासँग जोडिएका हुन्छन् । यहाँ जोडिएका बच्चाहरु ग्यास्ट्रोइन्टेस्टाइनल ट्र्याक, यौनाङ्गलगायत सेयर गर्छन् ।

 कम्मर

यहाँ जोडिएका बच्चाको ग्यास्ट्रोइन्टेस्टाइनल ट्र्याकको तल्लो हिस्सा, कलेजो, यौनाङ्गलगायत एउटै हुन्छन् । यहाँ जोडिएका बच्चाको दुई वा तीन खुट्टा हुनसक्छन् ।

टाउको

यसमा बच्चा टाउकोको अगाडि वा पछाडिको भागसँग जोडिएका हुन्छन् । यहाँबाट जोडिएको बच्चाको टाउको एउटै हुन्छ । तर उनीहरुको दिमाग साधारणतया छुट्टा छुट्टै नै हुन्छ । यद्यपि, यस्ता बालबालिकाले दिमागका केही तन्तु भने सेयर गर्छन् ।

टाउको र छाती

यसमा बच्चाको अनुहार र शरीरको माथिल्लो हिस्सा जोडिएको हुन्छ । यसरी जोडिएका बच्चाको अनुहार विपरित दिशामा हुन्छ र उनीहरुको दिमाग एउटै हुन्छ । यसरी जोडिएका बच्चा जीवित हुने सम्भवना निकै कम हुन्छ ।

डाइसेफेलिक प्यारापेगसको जोखिम

कन्जोइन्ड ट्विन्स निकै दुर्लभ हुन्छ । यस्तोमा आखिर यो किन हुन्छ भनेर थाहा पाउन मुश्किल छ । कस्ता मानिसहरु कन्जोइन्ड ट्विन्स हुनसक्छन् भन्नेबारे पत्ता लगाउन पनि निकै मुश्किल छ ।

Leave a Reply

Your email address will not be published.