भारतबाट दुईजना किलर बोलाएर दाजुले नै एक लाख रुपैयाँ दिएर भाइ(बुहारीको ह,त्या गर्न लगाएको खुलासा

समाचार

Sharing is caring!





बाँकेको कोहलपुर नगरपालिका–१४ ओढारपुरका गडरिया दम्पतीको ह,त्या भएको पुष्टि भएको छ ।इलाका प्रहरी कार्यालय, कोहलपुरले आज पत्रकार सम्मेलनको आयोजना गरी कृष्ण गडरिया र उनकी श्रीमती अञ्जली गडरियाको ह,त्या दाइ र भाउजूको मिलेमतोमा भएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार कृष्णका दाइ विजय र भाउजूू रेखाले भारतबाट दुईजना कन्ट्रयाक किलर ९हत्यारा० लाई बोलाएर कृष्ण र अञ्जलीको ह,त्या गरिएको हो । कृष्ण र अञ्जलीको ह,त्या गर्न भारतबाट दुई जनालाई रु ५०÷५० हजार दिएर बोलाइएको थियो । गए राति ११ देखि १२ बजेको बीचमा कृष्ण र अञ्जलीको ह,त्या भएको प्रहरीले जनाएको छ ।

भाइ र बुहारीको ह,त्या गर्न विजयले दुई जना भारतीयलाई केही दिनअघि कृष्ण र अञ्जली सुत्ने ठाउँ, जाने बाटो, ढोकालगायतको भिडियो बनाएर दिएका थिए । दुई जनाको ह,त्या हुँदा माथिल्लो तलामा विजय र रेखा रहेको भनिए पनि हत्या हुँदा विजय तल नै रहेको प्रहरीको दाबी छ । घटनास्थलमा गोलीको खोकासमेत फेला परेको छ । दुवै दाइ र भाउजूूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



Post Views:
216




Leave a Reply

Your email address will not be published.