ड्रागनको खेती कसरी गर्ने ? नेपालमा फस्टाउँदै व्यवसाय

समाचार

Sharing is caring!





ड्रागन फलको माग नेपालमा उच्च हुदै गएको छ । सिउँडी प्रजातिको यो फल पश्चिमा देश तिर उत्पादन भएर नेपालमा आयात हुने गरेको भए पनि अहिले नेपालमै उत्पादन हुन थालेको छ ।
पछिल्लो समय ड्रागन फलको बढ्दो बजार माग धान्न व्यवसायीहरुलाई मुस्किल भएको छ । केही समय अघिसम्म अधिकांशलाई थाहा नभएको ड्रागन फल अहिले बजारमा माग उच्च छ । बढ्दो बजार मागका कारण ड्रागन फलको व्यवसायिक सम्भावना पनि त्यत्तिकै बढेको छ । यतिबेला कञ्चनपुरका गोकर्णबहादुर वली ड्रागन खेतीमा नै रमाउन थालेका छन् ।

सिउँडी जस्तो देखिने ड्रागन फलको बारेमा अझैपनि कतिपय त अनविज्ञ नै छन् । तर देशका मुख्य शहरमा यसको माग पछिल्लो समय अत्याधिक भएको वली बताउँछन् । सिउँडी प्रजातिको यो फल अमेरिका, मेक्सिको र दक्षिण अमेरिकी देशहरूमा पाइने गर्छ । अहिले नेपालमा पनि यसको व्यवसायीक खेती शुरु भएको छ ।

सुदूरपश्चिम प्रदेशमा नै पहिलोपटक स्थापना भएको गोदावरी ड्रागन फललाई प्रदेश सरकार अन्तरगर्तको कृषि विकास निर्देशनालय डोटीले ५ लाख रकम अनुदान दिएको कृषि विकास निर्देशक यज्ञराज जोशीले बताए ।

उनले ड्रागन फलको नियमित प्रयोगले मानिसलाई ताजा राख्नुका साथै मुटु समेत स्वस्थ राख्ने र यसमा फाइबर र एन्टी अक्सिडेन्ट्स हुने भएकोले यसले मुटुलाई स्वास्थ्य र शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउन मद्दत गर्ने बताए । ड्रागनको फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ । जेठदेखि असोज–कार्तिकसम्म उत्पादन हुन्छ । रोपेको २ वर्षपछि ड्रागनबाट फल लिन सकिन्छ भने यसले २० वर्षसम्म उत्पादन दिने गरेको छ ।




Leave a Reply

Your email address will not be published.