बलिउड अभिनेत्री तथा पूर्व विश्वसुन्दरी ऐश्वर्या रायले आफ्नो जीवनकालमा धेरै कमेन्ट पाइन्, तर विर्सन नसक्ने केही कमेन्टले उनलाई अहिले हैरान पारेको छ ।
बच्चन परिवारकी बुहारीसमेत रहेकी उनलाई अहिलेसम्म उक्त कमेन्टले बिझाउने गरेको छ । एक भारतीय संचारमाध्यमसँगको अन्तर्वार्तामा जब उनलाई जीवनको सबैभन्दा फोहोरी वा भद्दा कमेन्ट कुन हो भन्ने प्रश्न सोधियो तब उनले जवाफ दिइन्, नक्कली वा प्लास्टिक’ ।ऐश्वर्याले त्यसबाहेक केही पनि भनिन न नै यसो भन्ने व्यक्तिको नाम नै लिइन् । तर जब ऐश्वर्याको बयान सार्वजनिक भयो तब मानिसहरुले ती व्यक्तिबारे अनुमान गर्न बेर नै लगाएनन् ।
एक कार्यक्रममा इमरान हासमीले प्लास्टिक’ भनेका थिए । उक्त कार्यक्रमको र्यापिड फायरको क्रममा जब इमरान हाशमीलाई ऐश्वर्या रायबारे प्रश्न सोधियो तब उनले उनलाई प्लास्टिक ९नक्कली० बताएका थिए ।इमरानको उक्त कमेन्टपछि ऐश्वर्याले कहिले पनि उनीसँग काम नगर्ने कसम नै खाएको बताइन
Post Views:
99