किन अलमल भइरहेको छ पूर्व अर्थमन्त्री शर्मा माथिको छानविनमा,कहिले आउँछ प्रतिवेदन ?

समाचार

Sharing is caring!





पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथिको छानविन निर्णायक घडीमा पुगेको छ । छानविनका लागि गठित विशेष संसदीय समितिले सिसिटिभी फुटेज रिकभर भएको जनाएको छ भने अव प्रतिवेदन लेखनको काम अघि बढेको छ । जसले शर्माको भविष्य निर्धारण गर्ने छ । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय छानबिन समिति प्रतिवेदन लेखनको तयारीमा जुटेको छ ।

सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकमा नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाका विज्ञहरूसमेत बोलाएर सिसिटिभि फुजेटका बारेमा जानकारी लिएपछि समिति अव प्रतिवेदन लेखनतर्फ लागेको हो । प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाले असार १४ गते रातीको सिसिटिभी फुटेज रिकभर गरेर बुझाएपनि समितिले फुटेजका बिषयमा विज्ञहरुसंग जानकारी लिएको थियो । उक्त दिनको ५० भन्दा बढि क्लिप रिकभर भएको बताईएको छ ।

तर रिकभर भएका सवै क्लिप प्रष्ट नभएको रसवै बिषय प्रतिवेदनमा नै उल्लेख गर्ने समिति सचिव सुरेन्द्र अर्यालले बताएका थिए । बुधबारको बैठकमा यस बिषयमा पुन छलफल भएको छ भने साथसाथै प्रतिवेदनको काम पनि अघि बढाईएको छ । सुरुमा १० दिनको समय पाएको समितिलाई छानविनको समय अभाव भएको भन्दै ७ दिन म्याद थप गरिएको थियो । थपिएको म्याद भोली सकिदै गर्दा अव अव समितिको म्याद थप गर्न पहल नगरिने र समयसिमाभित्रै प्रतिवेदन सकिने सचिव अर्यालले बताएका छन ।

चालु आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा जेठ १४ गते राति अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको थियो । एमालेले उक्त रातीको सिसिटिभी फुटेज हेर्न माग गरेपनि शर्माले कसैले भन्दैमा फुटेज नदेखाउने धम्कीपूर्ण भाषा बोल्दै आएका थिए । पछि सिसिटिभी फुटेज डिलिट भएको मन्त्रालयको पत्रले उनी अझ शंकाको घेरामा तानिएका थिए भने छानबिन गर्न प्रतिनिधिसभाले असार २२ गते विशेष समिति बनाएको थियो ।

अर्थमन्त्री शर्माले सोही दिन पदबाट राजीनामा दिएका थिए । प्रमुख प्रतिपक्षी दल एमालेका ४ सहित ११ जना सदस्य रहेको समितिको छानविन माथी प्रतिवेदन सार्वजनिक हुनु अघि नै पनि प्रश्न उठ्न थालेको छ । विशेषत एमालेकै सदस्यले सत्तापक्षले प्रमाण लुकाएको आरोप लगाएको खबर बाहिरीदाँ सत्तापक्ष भने पुन शर्मालाई नै अर्थमन्त्री बनाउने खेलमा छ ।

छानबिनसम्मको निम्ति भनेर माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा प्रधानमन्त्री शेरबहादुर देउवालेले अर्थमन्त्रीको पद ’होल्ड’मा राखेको आक्षेप लाग्दा समिति पनि शर्मा जोगाउन तर्फ लागको आशंका व्यक्त गरिएको छ । निष्पक्ष र प्रभाव रहित छानविन भए शर्मा चोखिने ठाँउ नै नरहेको बताउने एमाले नेताहरुले शर्माको पुनरामन अव सम्भव नरहेको बताईरहेका छन ।

समितिको छानविन प्रक्रिया पनिप्राविधिक भन्दा कर्मकाण्डी देखिएको छ । केवल सिसिटिभी फुटेजमा विषय केन्द्रीत गर्ने र प्रकरणमा सहभागी भनिएकैको वयान लिने बाहेक समितिले छानविनलाई भिन्न कोणबाट अघि बढाएको छैन । जसमा फुटेज नवुझीने अवस्थको रहेको खबरले शर्मा पुन अर्थ मन्त्रालयमा फर्किने अवस्था वलियो बनेको छ । यदि त्यसो भए पुनः एक पटकसमिति गठन आरोपी चोख्याउनेभन्दा माथि नहुने खतरा बढेको छ ।




Leave a Reply

Your email address will not be published.