नदीमा बस खस्दा मृ,त्यु हुनेको संख्या ३० पुग्याे – Khabar 27 Media

समाचार

Sharing is caring!





गत आइतबार केन्याको एक नदीमा बस खसेर भएको दु,र्घटनामा परी मृ,त्यु हुनेको सङ्ख्या ३० पुगेको छ । राजमार्गमा कुदिरहेका बेला गत आइतबार बेलुका बस नदीमा खसेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

घटना भएको थाहा पाउने वित्तिकै सुरक्षाकर्मी, उद्धारकर्ता र स्थानीय बासिन्दा घटनास्थलमा पुगेर उद्धारमा खटिएको केन्या रेडक्रस सोसाइटीले जनाएको छ । देशको मध्य भागमा पर्ने मेरुबाट राजधानी नैरोवीतर्फ गइरहेको बेला बस निथी नदीमा खसेको हो । बस राजमार्गबाट ४० मिटर तल खसेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दु,र्घटनामा परेका अरु २० भन्दा बढी यात्रुलाई स्थानीय विभिन्न अस्पतालमा उपचार गराइएको छ । ती मध्ये केहीको अवस्था गम्भीर रहेको स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् ।शुरुमा दिएको जानकारीमा यस दु,र्घटनामा परी २४ जनाको मृ,त्यु भएको थियो ।

गम्भीर अवस्थामा रहेका छ जनाको मृ,त्यु भएपछि दु,र्घटनामा ज्या,न गुमाउनेको सङ्ख्या ३० पुगेको बताइएको छ ।स्पष्ट कारण नखुलेपनि बस तिव्र गतिमा रहेको र नियन्त्रण गुमाएकाले दुर्घ,टना भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।



Post Views:
84




Leave a Reply

Your email address will not be published.