भूषण दाहालले निर्देशन गर्ने नेपाली शो ‘सुपर डान्सर नेपाल’को जज बन्दै बलिउड स्टार गोविन्दा

समाचार

Sharing is caring!





बलिउड स्टार गोविन्दालाई नेपालका ज्वाई भनेर चिनिन्छ ।बेला बेलामा नेपाल आइरहने गोबिन्दा अब नेपाली टेलिभिजन शो ‘सुपर डान्सर नेपाल’को नृत्यमा आधारित नेपाली टेलिभिजन शो ‘सुपर डान्सर नेपाल’को जज बन्ने भएका छन् ।

भदौमा हुने शोको ग्रान्ड प्रिमियरमा उनी गेस्ट जुरीको रुपमा नेपाल आउने आयोजकले जनाएको छ ।आयोजकका अनुसार चार देखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने यो रियालिटी शोको निर्णायकमा भुवन केसी, जसिता गुरुङ र सुरेन्द्र राई रहेका छन् । भूषण दाहालले निर्देशन गर्ने शोको चर्चा व्यापक मात्रामा चुलिएको छ ।

निर्देशक दाहालका अनुसार शोको मेगा अडिसन चाँडै सुरु हुनेछ भने अडिसन देशव्इापी हुनेछ । भारतीय स्टार गोबिन्दा गत साता अस्ट्रेलियाको सिड्नीमा आयोजना गरिएको नेपाली सांस्कृतिक कार्यक्रममा उनी पत्नीसहित आफ्नो उपस्थिती जनाएका थिए ।



Post Views:
76




Leave a Reply

Your email address will not be published.