अब नेपाली कांग्रेससँगै सहकार्य हुन्छ : प्रचण्ड

समाचार

Sharing is caring!





नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो संघीय निर्वाचनमा पनि नेपाली कांग्रेससँगै सहकार्य हुने र हालको गठबन्धन निरन्तर जाने बताएका छन् । बिहीबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे ‘ब्रिफिङ गर्दै प्रचण्डले एमालेसँग भने सहकार्य सम्भव नभएको बताएका हुन । कांग्रेससँग नै सहकार्य गर्ने हो अब दायाँ–बायाँ सोच्नुहुन्न, प्रचण्डको भनाइ उद्धत गर्दै स्थायी समिति सदस्य हरिबोल गजुरेलले अनलाइनखबरसँग भने, एमालेसँग सहकार्य सम्भव छैन ।

प्रचण्डले बैठकमा समाजवादी मोर्चा निर्माणमा भएको प्रयासबारे पनि जानकारी गराएका थिए। हालको गठबन्धन भित्रकै वापमन्थी दलहरुबीच मोर्चा बन्ने भए पनि पार्टी एकता संयोजन समितिबारे कुरा नटुंगिएको बताएका थिए । गठबन्धनभित्रै वामपन्थीहरुको एउटा मोर्चा त बन्छ । तर, पार्टी एकता संयोजन समिति बन्छ कि बन्दैन अझै टुंगिएको छैन, बैठकमा प्रचण्डले भनेका थिए । पोलिटब्युरो समितिका नाम र स्थायी समितिलाई पूर्णता दिनेबारे छलफल गर्न भोलि शुक्रबार पनि बैठक बस्ने गजुरेलले जानकारी दिए ।




Leave a Reply

Your email address will not be published.