एसपिपिबारे जारी अन्यौलबीच अमेरिकी मन्त्रीको नेपाल भ्रमण

समाचार

Sharing is caring!

काठमाडौं । अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपिपि) का सम्बन्धमा जारी विवादकाबीच अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँन लाग्नु भएको छ ।

संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै हुनुहुन्छ । सहायक विदेशमन्त्री लु आज साँझ काठमाडौँ आइपुग्नुहुने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

एसपिपीलाई पुनःखोतलेर छलफल गर्नु आवश्यक छैन : परराष्ट्रमन्त्री खड्का

यसअघि पनि गत मङ्सिरमा नेपालको भ्रमण गरिसक्नुभएका उहाँ दुई दिनसम्म नेपालमा रहनुहुने र विभिन्न भेटवार्ता तथा कार्यक्रममा सहभागी हुनुहुने स्रोतले जनाएको छ ।

यो सरकारले एसपिपी सम्झौता गर्दैन, ओली सरकारका पालामा कार्यान्वयन भयो : अध्यक्ष प्रचण्ड

सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्नुका साथै काठमाडौँमा हुने एक अवार्ड वितरण कार्यक्रममा सहभागी हुनुहुने बुझिएको छ ।


Leave a Reply

Your email address will not be published.