आज ७ दशमलब १ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा ४ जनाको मृ,त्यु,६० भन्दा बढी घाइते

समाचार

Sharing is caring!





फिलिपिन्समा आएको भूकम्पमा ४ जनाको मृ,त्यु हुनुका साथै ६० भन्दा बढी घाइते भएका छन् । देशको लुजोन टापुमा बुधबार ७ दशमलब १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

भकम्पले उत्तरी प्रान्तमा रहेको अस्पताल र भवनहरूलाई नराम्ररी क्षति पु¥याएको छ । भूकम्पको धक्का राजधानी मनिलासम्म महसुस गरिएको थियो । भूकम्पले हल्लाउने वित्तिकै मानिसहरू घरबाट बाहिर निस्किएर खाली स्थानमा पुगेका थिए ।

अंगोलामा भेटियो दुलर्भ हिरा:अंगोलाका खानीमा एउटा दुर्लभ शुद्ध गुलाबी हीरा फेला परेको छ । उक्त हिरा ३ सय वर्षयताकै सबैभन्दा ठूलो मानिएको छ अस्ट्रेलियाली साइट अपरेटरले बुधबार घोषणा गरेको छ ।

देशको उत्तरपूर्वको लुलो खानीमा १७० क्यारेटको गुलाबी हिरा फेला परेको लुकापा डायमण्ड कम्पनीले जनाएको छ । उक्त हिरालाई लुलो रोज नाम दिइएको छ ।

लुलोमा फेला परेको गुलाबी हिराले अंगोलालाई विश्व मञ्चमा चिनाएका अंगोलाका खनिजमन्त्रीले बताएका छन् । हिरा अन्तर्राष्ट्रिय टेन्डरमा चर्को शुल्कमा (संभवत) बेचिनेछ ।

यसअघि ५९ दशमलब ६ क्यारेटको पिंक स्टार सन् २०१७ मा हङकङको लिलामीमा ७१ दशमलब २ मिलियन अमेरिकी डलरमा बिक्री भएको थियो । यो अहिलेसम्म बेचेको सबैभन्दा महँगो हिरा हो ।



Post Views:
136




Leave a Reply

Your email address will not be published.