आँचल र विवेकको फिल्म ‘वर एण्ड वधु’ रोमानियामा यसरी हुँदैछ छायांकन

समाचार

Sharing is caring!





मिलन चाम्स निर्देशित रोमान्टिक फिल्म ‘वर एण्ड वधु’को छायांकन अहिले युरोपेली मुलुक रोमानियामा भइरहेको छ ।

बुधबारसम्म यास सहरमा भइरहेको छायांकन बिहीबारदेखि कन्सटंगा सहरमा हुने निर्देशक चाम्सले जानकारी दिए । आँचल शर्मा र विवेक कर्माचार्यको मुख्य भूमिका रहेको फिल्मको अझै पाँच दिन रोमानियामै छायांकन हुनेछ ।

यसैसाता त्यहाँको सुटिङ सकेर फिल्म क्रिउ काठमाडौं फर्किने तयारीमा छ । ‘यहाँ सुटिङ गर्नु निकै आरामदायी भइरहेको छ । निकै रमाइलो लोकेसनका कारण यो फिल्मले बेन्चमार्क खडा गर्नेछ,’ चाम्सले अनलाइनखबरसँग भने ।

आगामी चैत वा वैशाखमा प्रदर्शन तयारी रहेको यो फिल्मले विवाह संस्कृतिलाई चित्रण गर्छ । डा. अमित रिजाल कार्यकारी निर्माता रहेको फिल्मलाई एलआरके इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।




Leave a Reply

Your email address will not be published.