नेपाली सेना रहेको कंगो शान्ति मिसन स्थित सहरमा अवस्था जटिल

समाचार

Sharing is caring!

काठमाडौं । नेपाली सेना रहेको कंगो शान्ति मिसन स्थित सहरमा अवस्था जटिल बनेको छ ।

त्यहाँ प्रर्दशनकारीहरुले उग्र रुप बनाएपछि त्यहाँको अवस्था जटिल रहेको हो । संयुक्त राष्ट्र संघको मिसनमा विश्वका विभिन्न देशहरु क्रियाशिल छन् ।

त्यहाँ नेपाली सेनाको उच्च सहभागीता छ । त्यहाँको अवस्था कस्तो छ सबै नेपालीको चासोको विषय हो ।

नेपाली सेनाले हामीलाई दिएको जानकारी अनुसार त्यहाँ यस्तो छ अवस्था

MONUSCO मिशनको विद्यमान अवस्था सम्बन्धमा

१. UNITED NATIONS ORGANIZATION STABILIZATION MISSION IN THE DR CONGO (MONUSCO) मिशनको फोर्स हेडक्वार्टर रहेको गोमा शहरमा मिति २०७९ श्रावण ०९ गते (तद्अनुसार 25 July, 2022) देखि स्थानिय जनताहरुले विभिन्न मागहरु राख्दै MONUSCO Mission विरुद्ध प्रदर्शन गर्नुका साथै मिशनसँग सम्बन्धित केही भौतिक संरचनाहरुमा आगजनी तथा लुटपाटजन्य घटनाहरु गरिरहेको जानकारी गराईन्छ ।

२. उक्त मिशनमा तैनाथ सम्पूर्ण नेपाली शान्ति सैनिक तथा सैनिक पर्यवेक्षकहरु सुरक्षित रहेको जानकारी गराईन्छ ।

साथै, उक्त मिशनमा तैनाथ नेपाली सेनाका सम्पूर्ण युनिटहरु तथा सैनिक पर्यवेक्षकहरुलाई विशेष सुरक्षा सतर्कता अवलम्बन गर्न, परिस्थितीको निरन्तर अनुगमन गर्न तथा श्री शान्ति कार्य निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिइएको समेत जानकारी गराईन्छ ।


Leave a Reply

Your email address will not be published.