नागरिकता विद्येयकमा झेल गर्नेहरु..लाज पचाएर मुख देखाउन खोज्दै माओवादी–एमाले, राष्ट्रवादमा प्रश्न?

समाचार

Sharing is caring!

दुुबै सदनबाटबाट नागरिकता विद्येयक पारित भएपनि यसलाई राष्ट्रवादसँग जोडेर व्यापक विरोध भइरहेको छ । मुख्यतः राजनीतिक दलहरुको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ । किनकि दलका नेताहरुकै नियती नागरिकताका विषयमा उदंगो परेको छ ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङलाई नागरिकता विद्येयक पारित भएकोमा चित्त बुझेको छैन । तर उनै गुरुङले संसदबाट विद्येयक पारित हुँदा ‘हुन्छ भन्ने’पक्षमाटेबुल ठटाएका छन् ।विद्येयक पारित भएको हप्ता दिन नपुग्दै सार्वजनिक मञ्च र सञ्चारमाध्यममा भने गुरुङ लोकको लाज छोप्न विरोध गरेजस्तो गर्छन ।

२०७५ ताका तत्कालिन सरकारले नागरिकता विद्येयक संसदमा लिँदा संसदको राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिशशि श्रेष्ठ थिइन् । उनकै नेतृत्वमा दुईबर्षसम्म समितिले छलफल र अध्ययन ग¥यो ।नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्काल परिचयपत्र दिने र ७ वर्षपछि मात्रै नागरिकता दिने प्रतिवेदन तयार गर्न उनकै लामो हात थियो ।

तर उनै श्रेष्ठ अहिले सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छिन् । र आफ्नै नेतृत्वले तयार पारेको प्रतिवेदन विपरित गएर विद्येयक पारित गर्दा टेबल ठटाएर स्वागत गरेकी छन् ।यस्ता दोधारे राजनीतिक चरित्र र अडान नभएका राजनीतिक नेतृत्वकै कारण सरकारले गरेका हरेक काम विवादित हुने गरेका छन् ।

संसदमा सहभागिमध्येको बहुमत संख्याले विवादित नागरिकता विद्येयक पारित गरेसँगै देश सिक्किम हुँदै फिजीको बाटोमा गएको भन्दै कटाक्ष र आलोचनाहरु भइरहँदा राजनीतिक दलका भूमिका र चरित्रमाथि गम्भीर प्रश्न उठिरहेका छन् । नागरिकता विद्येयकमा माओवादी र यसका नेताहरुको भूमिका दोहोरो जस्तो देखिए पनि यसमा प्रमुख प्रतिपक्षएमालेको भूमिका समेत सन्तोषजनक छैन ।

२०७५ मै पेश गरिएको विद्येयक डेढ बर्ष संसदमै अड्काएर राख्ने एमालेबाटै भएको हो । बीचमा मधेशवादी दलको साथ पाउन नागरिकता विद्येयकलाई संसोधन गर्ने सहमति गरेको विषय समेत बाहिरिएको थियो । अहिले त्यही एमाले गोहीका आँशु झारिरहेको छ ।

एमालेका लागि सरकारलाई दबाब दिन सदनदेखि सडकसम्मको मैदान खाली छ । तर विरोध गरेजस्तो मात्रै गरिरहेको एमाले एउटा सामान्य विज्ञप्ती निकालेर दायित्व पुरा गर्न सकिरहेको छैन् । बरु सार्वजनिक खपतका लागि आक्कलझुक्कल आफ्नै बचाउमा बोलिरहेको छ ।

मुलतः नागरिकता विद्येयकलाई राष्ट्रवादसँग जोडेर चुनाव लक्षित माहोल बनाउन दलहरु लागि परेका छन् । विगतमा एमसीसीमा देखाएकै शैली अहिले दलहरुले नागरिकता विद्येयकमा समेत देखाएका छन् । अनि लोकरिज्याइँका लागि सञ्चारमाध्यममा विरोध गरेजस्तो देखाउने नेताहरुको शैली नेतृत्वका अघि निरीह बन्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published.