पूर्व सांसद तथा गुल्मी कांग्रेसका पूर्व सभापति ज्ञवालीको निधन

पूर्व सांसद तथा गुल्मी कांग्रेसका पूर्व सभापति ज्ञवालीको निधन

समाचार

Sharing is caring!

काठमाडौंः पूर्व सांसद तथा नेपाली कांग्रेस गुल्मीका पूर्व पार्टी सभापति भागवत ज्ञवालीको निधन भएको छ ।

काठमाडौंको अल्का अस्पतालमा उपचाररत ज्ञवालीको ७७ वर्षको उमेर मंगलबार बिहान ३ बजे उपचारका क्रममा मृत्यु भएको हो । नेपाली कांग्रेसमा आफ्नो अमूल्य जीवन अपर्ण गर्नुभएका ज्ञवाली पछिल्लो समय समाजसेवामा समेत क्रियाशिल हुनुहुन्थ्यो ।

ज्ञवालीको निधनप्रत्ति सिंगो नेपाली कांग्रेस र गुल्मी कांग्रेसका अभिभावक गुमाएको कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले बताउनु भयो । गुल्मी सभापति भुवन प्रसाद श्रेष्ठले पार्टीका मार्गदर्शक तथा अभिभावक गुाएको भन्दै हाद्धिक श्रद्धाञ्जली समेत व्यक्त गर्नुभएको छ ।

यसैबीच नेपाली कांग्रेस वीपीका प्रवक्ता देबेन्द्रप्रकाश पौडेलले नेपाली कांग्रेस गुल्मीका पुर्व पार्टी सभापति एवं पुर्व सांसद आदरणीय अग्रज, कुशल नेता भागवत ज्ञवालीको असमायिक निधनले स्तब्ध बनाएको भन्दै यस दुस्खद घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

ज्ञवाली गुल्मीका सँस्थापक पार्टी सभापति तथा २०४८ सांसद, प्रतिनिधि सभा सदस्य हुनुभएको थियो । ज्ञवालीको आज दिउँसो १२ बजे पशुपति आर्यघाटमा दाह संकार गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *