प्रधानमन्त्रीविरुद्ध बोलेको आरोपमा युवक पक्राउ

समाचार

Sharing is caring!





प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध अपशब्द बोलेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुन पौडेल छन् ।

संयुक्त नागरिक आन्दोलनको आवरणमा प्रधानमन्त्री सहभागी कार्यक्रममा पौडेलसहितका ३ जनाले केही दिनअघि नाराबाजी गरेका थिए । हुलाक संचार नामक युट्युब च्यानलमा उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘गोली ठोक्ने’ अभिव्यक्ति दिएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । पौडेलमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले रातोपाटीलाई बताए ।

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि) र नागरिकता विद्येयक संसदबाट पास गरेको विरोधमा ३ जना युवाहरुले संयुक्त नागरिक आन्दोलनको आवरणमा विरोध गर्दै आएका छन् ।




Leave a Reply

Your email address will not be published.