सानै उमेरमा तहल्का मच्चाएकी अभिनेत्रीको यस्तो खबर बाहिरीयो

समाचार

Sharing is caring!

काठमाडौं –

अभिनेत्री आलिया भट्ट बलिउडका उत्कृष्ट अभिनेत्रीमध्येमा पर्छिन् । हाल प्रदर्शनरत फिल्म ‘गंगुबाई काठियावाडी’बाट प्रशंसा पाइरहेकी यी अभिनेत्री चाँडै नै अन्तर्राष्ट्रियस्तरमा अर्थात् हलिउडमा पाइला चाल्ने तयारी गरिरहेकी छन् ।

चारवटा ‘फिल्म फेयर अवार्ड’ जितिसकेकी आलिया नेटफ्लिक्सको ‘हार्ट अफ स्टोन’मा ‘वण्डर वुमन’ अभिनेत्री गेल गेडोटको अपोजिटमा देखिँदैछिन् ।

जोया अख्तरले निर्देशन गरेको सन् २०१९ को फिल्म ‘गली ब्वाय’ उक्त वर्षको ‘बर्लिन फिल्म फेस्टिभल’मा प्रिमियर भएको थियो र एक अन्तर्राष्ट्रिय हिट बनेको थियो । यो फिल्म सन् २०२० को ‘अस्कर अवार्ड’मा ‘सर्वश्रेष्ठ विदेशी भाषा फिल्म’का रुपमा भारतको आधिकारिक सहभागिता जनाएका थियो ।

आलियाको अन्तर्राष्ट्रिय अपील९इन्स्टाग्राममा ६० मिलियनभन्दा धेरै फलोअर्ससहित०लाई स्वीकार गर्दै ‘अस्कर’ आयोजक द एकाडेमीले उनलाई सन् २०२० को क्लासमा सहभागिता जनाउन सहमति दिएको थियो ।

The post सानै उमेरमा तहल्का मच्चाएकी अभिनेत्रीको यस्तो खबर बाहिरीयो appeared first on Daily khabar pati.

Leave a Reply

Your email address will not be published.