काठमाडौ । लोक दोहोरी गायक प्रकाश कटुवाल तनहुँबाट पक्राउ परे पश्चात श्रीमती लक्ष्मी दाहाल मिडियामा आएर दुखेसो पोखेकी छिन् । आफुहरु पोखरा जाँदा एक होटल व्यवसायीसंग भएको लफडाका कारण गायक कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
श्रीमती लक्ष्मी दाहालले मिडिया सामु भनिन्, “आफुहरु पोखरा जाने क्रममा बाटोमा वान्ता आएको कारण गाडि रोकेर बाटोको पेटिमा वान्ता गरेको तर पेटी अगाडिको होटल व्यवसायीले आफै आएर निहुँ खोजेका हुन् । मैले कुनै होटलको अगाडि वान्ता गरेको थिईन र फेरि बाटोमा अचानक वान्ता आउँदा सोचेर गर्न पनि सकिएन त्यसैले बाटोको पेटीमा गरेकी हुँ । तर उक्त होटल व्यवसायले झुटो आरोप लाएर मेरो श्रीमानलाई पक्राउ गर्न लाएकोमा दुखि छु ।”
बन्दीपुर डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि प्रकाश कटुवालका मान्छेहरुले कुट्पिट गरेको आरोप हुँदा कटुवाल अहिले प्रहरी नियन्त्रणमा छन् । श्रीमती लक्ष्मी भन्छिन्, “हाम्रो होटल व्यवसायसंग कुनै झगडा परेको पनि थिएन । केहि वादविवाद मात्र परेको थियो तर हिड्ने बेला हाम्रो मिलिजुली भएर हात मिलाएर पोखरा तर्फ लागेका थियौं । अरु कसैले वहाँलाई केहि गर्यो होला तर मेरो श्रीमान माथि दोष नभए कै कारण पक्राउ गरियो ।”
गायक प्रकाश कटुवाल र उक्त होटल व्यवसायबीच विवाद परेको साँझ मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले होटलवाला गुरुङको टाउकोमा रडले हानेर घाइते बनाएका थिए । उक्त घटनाको आधारमा व्यवसायी लालकाजी गुरुङकी छोरी सोनिकाले गायक कटुवालविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी हुन् जसका कारण कटुवाललाई प्रहरीले नियन्त्रणमा राखेको छ ।