बाँकेबाट आएर काठमाडौंमा आतंक मच्चाउने राँगो मारियो

समाचार

Sharing is caring!

काठमाडौं । आतंक मच्चाएपछि राँगालाई गोली हानेर मारिएको छ । काठमाडौंको चन्द्रागिरिमा आतंक मच्चाएको राँगालाई गोली हानेर मारिएको हो । चन्द्रागिरि नगरपालिका–४ गोदाम चौरमा राँगाले आतंक मच्चाएको थियो । त्यसपछि गोली हानिएको हो ।

प्रहरीका अनुसार आज बिहान करिब साढे ७ बजे उक्त राँगालाई गोली हानिएको थियो । एक राउण्ड गोली हानेर राँगा मारिएको काठमाडौं प्रहरीले जानकारी गराएको छ ।

जानकारी अनुसार त्यसबाट मानविय क्षति भने भएको छैन । जानकारी अनुसार उक्त राँगो बाँकेबाट ल्याइएको थियो । राँगो नियन्त्रणबाहिर गएर सर्वसाधारणलाई दुस्ख दिएपछि गोली हान्नु परेको हो ।


Leave a Reply

Your email address will not be published.