त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुको जरुरी सुचना

समाचार

Sharing is caring!

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुको जरुरी सुचना प्रकाशित भएको छ । सोधपुछ शाखाका सहायता कक्ष सञ्चालनमा ल्याइएकोबारे जानकारी गराइएको हो ।

जारी सूचनामा भनिएको छ, ‘यस कार्यालयबाट प्रदान गरिने विभिन्न सेवाका लागि आउनु हुने सेवाग्राही विद्यार्थी तथा अन्य सरोकारवालाको लागि कार्यालयको सोधपुछ शाखाका सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । आफूले चाहेको सेवाका सम्बन्धमा आवश्यक जानकारी सोही डेस्कबाट प्राप्त गर्न सकिनेछ ।

साथै प्रवाह गरिने सेवा सम्बन्धमा कार्यालय समयभित्र यस कार्यालयको हटलाइन ०१४२७७५८५ मा समेत सम्पर्क गरी बुझ्न सकिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’


Leave a Reply

Your email address will not be published.