अफगानिस्तानको पूर्वी क्षेत्रमा ३ जना आईएस लडाकु मारिए

समाचार

Sharing is caring!





अफगानिस्तानको पूर्वी लाघमान प्रान्तमा सुरक्षा बलको आक्रमणमा कम्तीमा तीन इस्लामिक स्टेट (आईएस)लडाकूलाई मारिएको स्थानीय अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।

अफगान सुरक्षा बलले बिहीबार राति प्रान्तको अलिङ्गर जिल्लाको कुण्डा गुल क्षेत्रमा आईएस लडाकूहरूको समूहलाई लक्षित गरी आक्रमण गरेको प्रान्तीय गभर्नरका प्रवक्ता सलाहुद्दीन जाहिदले सिन्ह्वालाई बताएका छन् । मारिनेमा आइएसका कमाण्डर फिरोज समेत रहेको प्रहरीले जनाएको छ ।

गत हप्ता अफगानिस्तानमा दाएस भनेर चिनिने आइएस समूहसँग सम्बद्ध तीन कट्टरपन्थीहरू मारिएका थिए भने र देशको उत्तरी सामंगन प्रान्तमा विभिन्न किसिमका ४० थान हतियार बरामद गरिएको थियो ।




Leave a Reply

Your email address will not be published.