कार्यालय सहयोगी ३०औँ पटकमा भए एसइई उत्तीर्ण – Khabar 27 Media

समाचार

Sharing is caring!





एक विद्यालयमा कार्यरत कार्यालय सहयोगी ३०औँ पटकमा एसइई उत्तीर्ण हुा सफल भएका छन् ।कैलारी गाउँपालिका–६ को गदरियास्थित जनता माध्यमिक विद्यालयबाट ५३ वर्षीय भागिराम चौधरी ३० औ पटकमा एसइइ उर्तिण हुन सफल भएका हुन् । यस वर्ष २।० जिपीए ल्याएर उत्तीर्ण भएको विद्यालयका शिक्षक यामु शर्माले जानकारी दिए।

चौधरी विसं २०५२ बाट कैलारी–६ को गदरियास्थित जनता माध्यमिक विद्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत छन्। एसइई उत्तीर्ण भएपछि खुशी हुँदै उनले अब कक्षा ११ र १२ जनता माध्यमिक विद्यालयमै पढ्ने बताएका छन् ।

पहिरोका कारण सडक अवरु,द्ध :दार्चुला र सिन्धुपाल्चोकमा पहिरोका कारण सडक अवरु,द्ध भएको छ ।

दार्चुलाको महाकाली नगरपालिका–७ धापस्थित दार्चुला गोकुलेश्वर सडक–खण्डमा वर्षाका कारण शुक्रबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।प्रहरी चौकी धापबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ डाक्लाङस्थित अरनिको राजमार्गमा वर्षाको कारण शुक्रबार बिहान सडक भासिन गई सडक पूर्णरुपमा अवरु,द्ध भएको छ ।प्रहरी चौकी फुल्पिङकट्टीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।



Post Views:
37




Leave a Reply

Your email address will not be published.