आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुन्छ : प्रवक्ता महत

समाचार

Sharing is caring!





नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको बताए ।

उनले सरकारले केही दिनमै आगामी निर्वाचनको मिति घोषणा गर्ने बताए । प्रवक्ता महतले देशभरकै प्रेस युनियनलाई जागरुक गरेर आगामी निर्वाचनका लागि लाग्न निर्देशन दिए । नेपाली काँग्रेसभित्र पार्टीको विचार संस्थागत विचार राख्न चासो नदिने गरेको बताए ।

त्यस्तै उनले नेपाली काँग्रेसमा कसलाई उचाल्ने र कसलाई पछार्ने भन्नेमा नै धेरै चासो हुने गरेको उल्लेख गरे । उनले भने, ‘मंसिर ४ गते त निर्वाचन हुँदैछ । पक्कापक्की छ । केही दिनमा त्यो घोषणा हुन्छ । औपचारिक रुपमा । देशभरकै प्रेस युनियनलाई जागरुक गरेर त्यहाँका पार्टीका साथीहरुसँग समन्वय गरेर हाम्रा विचार र हाम्रा उम्मेलदवारहरुको कुरा तत्काल प्रकाशन गर्ने काममा लाग्नुस् ।’

उनले थपे, ‘नेपाली काँग्रेसको कमजोरी भनेको प्रचारमा छ । हामी आफ्नो पार्टीको विचार संस्थागत विचार राख्न चासो राख्दैनौँ । कसलाई उचाल्ने र कसलाई पछार्ने भन्नेमा हाम्रो धेरै चासो र चिन्ता छ । यसमै लाग्ने हो भने हामी आफ्नो मुल लक्ष्यबाट टाढा हुन्छौँ ।’

प्रवक्ता महतले आफ्नो आकंक्षा र कुण्ठालाई त्यागेर आगामी निर्वाचनको बारेमा सूचना प्रकाशन गर्न निर्देशन दिए ।




Leave a Reply

Your email address will not be published.