झापामा सर्पले डसेर स्वास्थ्यकर्मीको मृत्यु

समाचार

Sharing is caring!





सर्पको डसाइबाट झापामा शुक्रबार एकजना स्वास्थ्यकर्मी मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका – ११ की रुपा मैनाली छिन । धाइजन स्वास्थ्य चौकी मेचीनगरमा कार्यरत मैनालीलाई सुतिरहेको अवस्थामा विषालु सर्पले डसेको थियोे । सर्पले डस्नासाथ उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियो ।

थप उपचारको लागि बिर्तामोडल लाने क्रममा उनको बाटैमा मृत्यु भएको मेचीनगर -११ का वडाध्यक्ष रुद्र डाँगीले जानकारी दिए । उनलाई डसेर घरभित्रै लुकेको गोमन सर्पलाई स्थानीयले मारेका छन् ।




Leave a Reply

Your email address will not be published.