पाल्पामा बालिकामाथि यौन दुराचार गरेको आरोपमा ६२ वर्षीय वृद्ध पक्राउ

समाचार

Sharing is caring!





पाल्पामा ५ वर्षीया बालिकामाथि यौन दुराचार गरेको आरोपमा ६२ वर्षीय वृद्धलाई  प्रहरीले पक्राउ गरेको छ ।  रैनादेबी छहरा गाउँपालिका ६ बस्ने ६२ वर्षीय सोमान सिंह बलाललाई प्रहरीले बाल यौन दुराचारको अभियोगमा पक्राउ गरेको हो ।उनले   स्थानीय ५ वर्षिया बालिकालाई घरमा कोही नभएको अवस्थामा यौन दुराचार गरेको उजुरीका आधारमा  पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बालिकाका आफन्तले बल्डाङगढ प्रहरी चौकीमा किटानी उजुरी दिएको आधारमा पक्राउ गरी थप अनुसन्धान सुरु  गरेको  जिल्ला प्रहरीले  कार्यालय पाल्पाका प्रवक्ता डिएसपी वीरेन्द्र थापाले बताए ।




Leave a Reply

Your email address will not be published.