अमेरिकी शिख सैनिकहरु आफ्नै संगठनविरुद्ध अदालतमा

समाचार

Sharing is caring!





अमेरिकी सेनामा रहेका शिख सैनिकहरू सेवामा रहँदा तिनको धार्मिक आस्था र पहिरनहरु अंगिकार गर्न संघर्ष गरिरहेका छन् ।  एक अधिकार सहित चार शिख अमेरिकीले युएस मरीन कोर्प (युएसएमसी) ले तिनलाई सेना र धार्मिक विश्वासमध्ये एक छनौट गर्न दबाब दिइरहेको भन्दै मुद्दा दायर गरेका छन् ।

एडभोकेसी ग्रुप, सिख गठबन्धन र तीन कानुनी फर्महरुले युएसएमसीका क्याप्टेन सुखवीर सिंह तूर, मरीन मिलाप सिंह चहल, आकाश सिंह र जसकिरतको तर्फबाट मुद्दा दायर गरेका थिए । २७ पूर्व जनरल र १००  भन्दा बढी सांसदहरूले यस मुद्दामा शिख गठबन्धनलाई समर्थन गरेका छन् । केही अपवादबाहेक, अमेरिकी सेनाहरूले अझै पनि सिखहरूलाई पगडी, लामो कपाल र दाह्रीको साथ सेवा गर्नमा ठूलो मात्रामा निषेध गर्ने गरेको छ ।

अदालतको आदेश पालना हुन सकेको छैन
यसअघि अमेरिकी अदालतले धार्मिक स्वतन्त्रतालाई उद्धृत गर्दै शिख सैनिकले आफ्नो धार्मिक आस्थालाई पछ्याउँदै राष्ट्रको सेवा गर्न सक्ने उल्लेख गरेका छन् ।  हाल सेना र वायुसेनामा करिब १०० सिखले आफ्नो धार्मिक आस्थाका साथ सेवा गरिरहेका छन् । यसका बावजुद सेनाका विभिन्न ईकाइहरुमा भने शिख सैनिकहरूले आफ्नो धार्मिक स्वतन्त्रता सुनिश्चित गर्नका लागि कानुनी लडाइँ लड्नुपरेको छ ।

सिपाहीहरूको तर्फबाट मुद्दा लड्दै आएकी गिजेल क्लापरले दाह्री र पगडी शिख धर्मको अभिन्न अंग भएको र यसैलाई आधार बनाएर उनीहरुलाई राष्ट्र सेवा गर्नबाट रोकिनु गलत हुने बताइन् । चहल र जसकिरतले गत वर्ष पगडी र दाह्री लगाएर सेनामा ड्युटी गर्न पाउनुपर्ने भन्दै सेनाभित्रै निवेदन दिएका थिए । फिल्ड डिप्लोयमेन्टमा रहँदा त्यसो गर्न नमिल्ने भन्दै तिनका निवेदन खारेज गरिएको थियो । साथै मरीन कोर्पद्वारा धर्म र सेनामध्ये एक रोज्न निर्देशन दिएको थियो ।

अमेरिकी सेनामा शिख
पहिलो विश्वयुद्धदेखि नै अमेरिकी शिखहरुले सेनामा सेवा गर्दै आएका छन् । सन् १९१८ मा भगतसिंह थिन्द धार्मिक विश्वासका साथ कर्तव्य गर्न अनुमति दिइएका पहिलो शिख सैनिक थिए । सन् १९८१ मा अमेरिकी सेनाले स्वास्थ्य र सुरक्षालाई उद्धृत गर्दै धार्मिक प्रतीकहरूको साथ कर्तव्यमा प्रतिबन्ध लगायो । यी नियमहरू सन् २०१० सम्म लागू रहे । यसपछि शिखहरूले सेनामा स्थान पाउन थाले, तर ड्युटीमा रहँदा धार्मिक आस्था र पहिरन छाड्ने दबाब बढ्न थाल्यो ।

मेजरले २०१६ मा मुद्दा जितेका थिए
सन् २०१६ मा मेजर सिमरत पाल अमेरिकी सेनाविरुद्ध अदालत गए र मुद्दा जिते । अदालतले शिख धर्मका प्रतीक तथा पहिरन अंगिकार गर्दा सैन्य कर्तव्यको पालनामा बाधा नपर्ने बताएको थियो । सिमरत पाललाई तालिम दिएपछि मात्र कमान्डरले सेनामा बस्ने हो भने पगडी छोड्नुपर्ने बताएका थिए ।




Leave a Reply

Your email address will not be published.