टायरको रगतले पत्ता लाग्यो साँखुमा प्रविणको ज्यान लिएर भागेको ट्रिप्पर

टायरको रगतले पत्ता लाग्यो साँखुमा प्रविणको ज्यान लिएर भागेको ट्रिप्पर

समाचार

Sharing is caring!

६ फाल्गुन २०७६, मंगलवारकाठमाडौं । साेमबार राति पौने १० बजे महानगरीय प्रहरी प्रभाग साँखुका इन्स्पेक्टर गोविन्द पन्थीलाई खबर आयो– ‘धुल्लाटोलमा ट्रिप्परले मान्छे हा’नेर भाग्यो ।’ इन्सपेक्टर पन्थी तत्काल घटनास्थल काठमाडौंको शंखरापुर नगरपालिका–७ धुल्लाटोल पुगे । त्यहाँ ट्रिप्परकाे ठक्करबाट प्रविण श्रेष्ठकाे अ‌ाधा प्रा’ण गइसकेकाे थियाे ।४२ वर्षीय प्रविणको अवस्था ह्र’दयविदारक थियो । शंखरापुर–६ घर भएका उनलाई प्रहरीले सुस्मा कोइराला मेमेरियल अस्पताल पुर्‍यायो । डाक्टरले उनलाई मृ’त घो’षणा गरे ।

प्रविणकाे ज्या’न लिने ट्रिप्पर घ’टनास्थलबाट भा’गिसकेकाे थियाे । घ’टनास्थल वरिपरिका मानिसहरुले पनि ट्रिप्परकाे नम्बर हेर्न भ्याएका थिएनन् । प्रविणकाे ज्या’न लिने ट्रिप्पर कसरी पत्ता लगाउने ? प्रहरी र’नभुल्लमा पर्‍याे ।राति नै प्रहरीले ट्रिप्पर पत्ता लगाउन विशेष अ’प्रेशन थाल्याे । प्रहरीले साँखुबाट नगरकोट तर्फ जाने कात्तिके र जहरसिंह पौवा नाका सि’ल गर्‍यो । ‘त्यो एरियामा तीनवटा ट्रिप्पर भेटिए’ साँखुका इन्स्पेक्टर पन्थी भन्छन्– ‘हामीले सब ट्रिप्पर नियन्त्रणमा लिएर अनुसन्धान थाल्यौं । कसैले पनि प्रविणलाई ठ’क्कर दिएको स्वी’कार गरेनन् ।’

प्रविणका ह’त्यारा ट्रिप्पर पत्ता लगाउन सजिलाे नहुने देखियाे । तर, साँखुकाे प्रहरी टाेली नि’रास भएन । त्यसपछि प्रहरीले साे क्षेत्रमा कति ट्रिप्पर च’लेका थिए भनी केही ठाउँमा राखिएका सिसिटिभी फुटेज हेर्न थाल्याे ।सिसिटिभी फुटेज हेर्दा ना१च ४५६४ नम्बरको ट्रिप्परतिर शं’काको सुई मो’डियो । प्रहरीले साे ट्रिप्पर शंखरापुर–७ को पुखुलाछीमा फे’ला पार्‍याे । मध्यरात भइसकेकाे थियाे । प्रहरीले ट्रिप्परकाे सबैतिर जाँ’च गर्‍याे । मानिस मा’रेर भागेकाे कुनै ल’क्षण देखिएन । तर, साँखु प्रहरीकाे टाेलीले ला’परवाही गरेन ।

टर्च लाइट र माेबाइल फाेनकाे लाइट बा’लेर उनीहरुले ट्रिप्परकाे स’र्वत्र अ‌ाँखा गा’डे । टायरमा केही देखियाे । टायरकाे खाे’पिल्टामा र’गत लागेकाे देखियाे । सडकमा धेरै बेर ट्रिप्पर गु’डाउँदा पनि टायरमा लागेकाे र’गत मे’टिएकाे थिएन ।‘टर्च बा’लेर टायर चे’क गर्दा ट्रिप्परकाे चक्का तथा छेउछाउमा र’गत देखियो’ इन्स्पेक्टर पन्थी भन्छन्– ‘हामीले राति नै चालक साेम तामाङलाई नियन्त्रणमा लियाै‌ ।’ ट्रिप्पर चालक साेम सिन्धुपाल्चोकका हुन् । प्रहरी स’मक्ष उनले भने- ‘मैले पैदल यात्रुलाई देखिँन । ठ’क्कर दिएपछि मात्र थाहा पाएँ । त्यसपछि भागें ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *