सोधपुछ गर्ने नाममा जब असईले मध्यराति महिलालाई आफ्नो कोठामा लगे

समाचार

Sharing is caring!

काठमाडौं । महिलालाई बलात्कार गरेको आरोपमा असई प्रक्राउ परेका छन् । बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी सहायक निरीक्षक प्रविण चौलागाईं प्रक्राउ परेका हुन् ।

जानकारी अनुसार इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेकी एक महिलालाई उनले बलात्कार गरेका हुन् ।

उनीमाथि हिरासतमा भएकी महिलालाई मध्यराति आफ्नो कोठामा लगेर बलात्कार गरेको आरोप लागेको छ । साउन ११ गते बहुविवाह मुद्दामा पक्राउ परेकी महिलालाई उनले बलात्कार गरेका हुन् । शुक्रबार बिहान २ बजेतिर आफ्नो भवनको माथिल्लो तलामा लगेर बलात्कार गरेको भन्दै चौलागाईंलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले यसको पुष्टि गर्नुभयो । घटनाबारे अनुसन्धान गर्न उनलाई जिल्ला प्रहरी कार्यालय नेपालगञ्ज ल्याएर थुनामा राखेको उहाँले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार चौलागाईंले प्रहरी हिरासतमा भएकी महिलालाई सोधपुछ गर्ने बहानामा आफू बस्ने माथिल्लो भवनमा लगेर गएका थिए । थाहा पाएपछि हिरासतमा रहेका अन्य केटाहरुले मध्य रातमै होहल्ला गरेपछि सबै कुराको पर्दाफास भएको हो ।


Leave a Reply

Your email address will not be published.