भ्यागुतेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ घाइते

समाचार

Sharing is caring!

काठमाडौं । जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्यूठानको स्वर्गद्वारी नगरपालिका–४ भ्यागुतेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

स्वर्गद्वारी मन्दिर दर्शन गरेर भिङ्ग्रीतर्फ जाँदै गरेको लु३च ३५३ नम्बरको जीप शनिबार मध्याह्न भ्यागुतेमा दुर्घटना भएको हो । जानकारी अनुसार दुर्घटनामा परी रुपन्देही निवासी मायादेवी ठाकुरको घटनास्थलमै मृत्यु भयो ।

ईलाका प्रहरी कार्यालय भिङ्ग्रीले यसबारे जानकारी गरायो । प्रहरीका अनुसार दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेमध्ये नौ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । जीपमा १७ जना सवार थिए ।


Leave a Reply

Your email address will not be published.