जाँड–रक्सी खाएर स्कुल बस चलाउने ५ जना चालकलाई कारबाही

समाचार

Sharing is caring!





जाँड/रक्सी खाएर विद्यालयको बस चलाउने पाँच जना चालक कारबाहीमा परेका छन् ।

आज आइतवार बिहान ट्राफिक जाँचका क्रममा पाँच जनाले जाँड–रक्सी खाएर बस चलाएको पाइएको काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । जाँड–रक्सी खाएर बस चलाउने चालकलाई पक्राउ गरी कारबाही प्रक्रिया सुरु गरिएको उहाँले बताउनुभयो ।

यस्तै ट्राफिक नियमको पालना नगर्ने थप ११ जनासहित आज विद्यालयको बस चलाउने १६ जना चालक कारबाहीमा परेका छन् । स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई साउन ८ गतेदेखि कारबाही तथा सचेतना अभियान थालिएको काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।




Leave a Reply

Your email address will not be published.