मध्य–पूर्व क्षेत्र चीन र अमेरिकाबीचको नयाँ ‘फ्ल्यास पोइन्ट’ बन्दैछ ?

समाचार

Sharing is caring!

अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति भएको १८ महिनापछि मध्यपूर्वको पहिलो भ्रमण गरे । कुनै समय मध्यपूर्व अमेरिकाको विदेश नीतिको केन्द्रमा रहने यो क्षेत्र अमेरिकाको बेवास्तामा पर्न थालेको एक प्रमाण हो, यो ।
यो बेवास्ताका बाबजुद मध्य–पूर्वका मुलुकहरू अमेरिकाका दीर्घकालीन मित्र शक्ति हुन् । अमेरिकाको सो क्षेत्रमा ठुलो सुरक्षा स्वार्थ जोडिएको छ ।  यसले गर्दा पछिल्लो समय त्यहाँको विभिन्न क्षेत्रमा चीनको प्रभाव बढेसँगै मुठभेडको स्थिति आउने डर बढेको छ ।

हामीले चीनलाई प्रतिस्पर्धामा हराउने गरी उत्कृष्ट हैसियत कायम राख्नुपर्छ ,’ बाइडेनले यसै महिना मध्यपूर्वको भ्रमणमा निस्कनुअघि भनेका यो भनाइले पनि मुठभेडकै सङ्केत गर्छ ।  अमेरिकाका विदेश नीति निर्माताहरुले समूहमाझ मध्य–पूर्व अमेरिका–चीनको प्रतिस्पर्धाको सम्भावित ‘फ्यालसपोइन्ट’ को रूपमा हेर्न थालेका छन् । मध्य–पूर्वमा विशेषतः चीनको प्रभाव बढेसँगै यो प्रतिस्पर्धा स्पष्ट हुँदै गएको छ ।

विशेषतः तेल र ग्यासजस्तो परम्परागत सहकार्य क्षेत्रदेखि ‘स्वास्थ्य सिल्क रोड’मार्फत चीन मध्यपूर्वमा पसिरहेको छ । ‘स्वास्थ्य सिल्क रोड’ अन्तरगत चीनले कोभिड–१९ महामारीको समयमा कैयौँ मुलुकहरूलाई ठुलो स्वास्थ्य सामाग्री प्रदान गरिएको थियो । तिनमा मध्यपूर्वका मुलुकहरू पनि थिए ।

तर अमेरिकाले दशकौँदेखि मध्य–पूर्वलाई उसको वैश्विक सुरक्षा छाता अन्तरगत राखेकाले त्यहाँ अन्य शक्ति राष्ट्रको प्रभाव विस्तारलाई त्यति मन पराइरहेको छैन ।
‘मध्यपूर्वमा अहिले चीनलाई अमेरिकाको विकल्पको रूपमा हेर्न थालिएको छ ,’ साउदी अरबस्थित किङ फैसल सेन्टर अफ रिसर्च एन्ड इस्लामिक स्टडी ईन साउदी अरबका प्रमुख मोहम्मद तुर्की अल–सुदेईरीले भने ।

डलरको साटो युआनमा व्यापार  
अमेरिकाले तेलको विकल्प जोड दिन थालेदेखि मध्य–पूर्वलाई न्यून प्राथमिकतामा दिन थालेको हो । अमेरिकाले प्राथमिकता कम दिइरहँदा उता चीन र साउदी अरबबीचको तेल व्यापार बढेको छ । यही वृद्धिलाई मध्यनजर गर्दै मार्चमा साउदी अरबले चीनलाई तेल बेच्दा चिनियाँ युआनमा भुक्तानी लिनेबारेमा विचार गरिरहेको समाचार आयो ।

साउदीले यस्तो निर्णय लिए त्यसले हालको डलरमा आधारित अन्तर्राष्ट्रिय तेल व्यापार प्रणालीलाई धक्का दिनेछ । सन् २०२१ मा साउदी अरब चीनको शीर्ष कच्चा तेल निर्यातकर्ता मुलुक थियो । चीनले यस अवधिमा साउदीबाट झन्डै ८ करोड ७५.८ लाख टन कच्चा तेल किन्यो । विज्ञका अनुसार युआनको भुक्तानीमा दुवै मुलुकले फाइदा देखेका छन् । चीनको लागि युआनमा हुने लेनदेनले मुद्राको दरमा भइरहने तलमाथिका नकारात्मक असरबाट उसलाई जोगाउनेछ ।

अमेरिकासँगको तनावका बीच भविष्यमा कुनै तनाव सिर्जना भएमा प्रतिबन्ध लाग्ने कुराले पनि उ युआनको प्रयोग बढाउन चाहन्छ । साउदी अरबको लागि चीन एक प्रमुख व्यापारिक साझेदार हो र युआन स्वीकारेर ‘उसले चीनको चासोप्रति आफू गम्भीर रहेको सन्देश दिन खोज्दैछ ,’ युएस नेसनल वार कलेजका राष्ट्रिय सुरक्षा रणनीतिसम्बन्धी सह प्राध्यापक डन मर्फीले भनिन् ।

धेरैले मध्यपूर्वमा विश्वका दुई प्रमुख शक्तिबीचको प्रतिस्पर्धा ऊर्जा क्षेत्रमा मात्र सीमित नहुने बताउँछन् । चीनको अधिनायकवादी शासन प्रणाली अमेरिकाको प्रजातान्त्रिक मूल्यभन्दा फरक छ । यी दुई भिन्न शासन प्रणालीले मध्यपूर्वमा चीन र अमेरिकाबीचको वैचारिक

प्रतिस्पर्धा सुरु गराउनेछ । ‘चीनले साउदी अरबीयाजस्ता मुस्लिम शक्तिसँग सम्बन्ध बढाएर उसको देशभित्रका सिनजियान क्षेत्रमा मुस्लिममाथिका भइरहेको दमनको अन्तर्राष्ट्रिय समर्थन रोक्न खोज्दैछ ,’ मर्फीले भनिन् ।

आपसी फाइदा 
तथापि केही विज्ञले भने मध्यपूर्वमा चीनले अमेरिकाको प्रभुत्व खोस्दै छ भन्ने विचार अनावश्यक बढाइएको बताउँछन् । मध्यपूर्वमा चीन र अमेरिकाको उपस्थिति दुवैका लागि फाईदाजनक पनि हुनसक्ने तर्क गर्नेमध्येका विश्लेषक हुन्, ब्रसेल्स स्कुल अफ गर्भनेन्सका सह–प्राध्यापक गाए बर्टन ।

‘मध्य–पूर्वमा चीन लामो समयदेखि उपस्थित छ । यसको आर्थिक प्रभाव ऊर्जा क्षेत्रबाट विस्तार भएर डिजिटल, स्वास्थ्य सेवा र घरबार कारोबार क्षेत्रमा समेत विस्तार भइसकेको छ,’ बर्टनले भने । ‘चीन आएपछि मध्यपूर्वी मुलुकले अमेरिकालाई छाड्छन् भन्ने होइन । उनीहरूको चीनसँग राम्रो सम्बन्ध छ तर उनीहरुले चीनलाई अमेरिकाको विकल्प सोचेका छैनन् ,’ बर्टनले भने ।
यो कुरा बाइडेनले चीनविरुद्ध इजरायल र साउदी अरबको संलग्नतामा बनाउन लागेको सुरक्षा गठबन्धनबाट पनि झल्किन्छ ।

सुरक्षा गठबन्धन बलियो मित्र राष्ट्र सँग बनाइने कुरा हो र यो सम्बन्ध तत्काल बदलिने छाँटकाँट देखिँदैन, चीनले हालसम्म सुरक्षा सम्बन्ध विस्तार गर्न सकेको छैन । मध्य–पूर्वमा अमेरिकाको सुरक्षा उपस्थितिले चीनलाई नै फाइदा भइरहेको छ । इराकदेखि कुवेतसम्म चीनले लगानीलाई अमेरिकी सुरक्षाले प्रदान गरेको स्थिरताले सघाएको छ  ।

अर्कोतर्फ चीनले मध्यपूर्वका प्रतिद्वन्द्वी मूलकसँग पनि बलियो सम्बन्ध बनाउने क्षमता देखाइरहेको छ । जस्तो मध्य–पूर्वमा साउदी अरब र इरान चीनको सबैभन्दा ठुलो र बलियो सम्बन्ध भएका मुलुक हुन् । जबकि यी दुई मुलुक एक अर्कालाई शत्रु मान्छन् ।
चीनले यो क्षेत्रको राजनीतिक विषयमा आफूले हस्तक्षेप नगर्ने बताउँदै आएको छ । तर दशकौँदेखि द्वन्द्वग्रस्त यो क्षेत्रमा उसले कसरी समय यस्तो सन्तुलित विदेश नीति अपनाउन सक्छ भन्ने स्पष्ट छैन ।  तर केही मुलुकले चीनले सम्बन्धमा लिने गरेको तटस्थताप्रति खुसी छन् । चीनले अमेरिकालेजस्तो आफ्नो मानव अधिकारको विषय नउठाएकोमा साउदी अरब उप्रति सकारात्मक हुने गर्छ ।
पश्चिमी मुलुकबाट अछुतजस्तो व्यवहार भोगिरहेको इरानलाई चीनले गरेको सहयोगबाट उ धेरै अनुगृहीत छ । चीनकै कारण कठोर प्रतिबन्धका बाबजुद उसले केही आर्थिक भुक्तानी पाइरहेको छ ।

‘आर्थिक रूपमा, लगानी बढाउँदै लगेका मुलुकलाई सो क्षेत्रको राजनीतिकमाथि पनि चाख हुन्छ । जसले गर्दा तटस्थ बस्ने भन्दा भन्दै पनि मुलुकहरू राजनीतिमा तानिने सम्भावना हुन्छ,’ बर्टनले  भने ।
अमेरिकाले यही समय ‘नयाँ शीत युद्ध’को भाष्य अघि सारेर उसका मित्र शक्तिहरूलाई दुई मध्ये एक राष्ट्र छान्नुपर्ने बताउन थालेको छ ।विश्व अस्थिर समयमा प्रवेश गर्दै गर्दा मध्य–पूर्वका धेरै मुलुकहरू दुईमध्ये एक विश्व शक्तिलाई छनौट गर्नु अव्यवहारिक हुने बताउन थालेका छन् । ‘सङ्क्रमणबाट गुज्रिरहेको क्षेत्रमा मानिसहरू दुईमध्ये एक छान्नु पर्ने अवस्थालाई सोचिरहेका छैनन् । उनीहरुलाई अमेरिका र चीन दुवैको आवश्यकता पर्छ ,’ अल–सुदेईरीले भने ।

Leave a Reply

Your email address will not be published.