चीनकी याङ हुईयानलाई उछिन्दै भारतकी सावित्री बनिन् एसियाकी सबैभन्दा धनी महिला

समाचार

Sharing is caring!





चीनको घरबार कारोबारमा संकटले ‘कन्ट्री गार्डेन होल्डिङ्स’ को शेयरमा उलेख्य र्हास आउँदा कम्पनीकी प्रमुख शेयरधनी याङ हुइयानको ‘एसियाको सबैभन्दा धनी महिला’को पदावी खोसिएको छ ।  ब्लुमबर्ग बिलियनेर्स इन्डेक्समा याङलाई शुक्रबारदेखि भारतकी सावित्री जिन्दल एसियाकी सबैभन्दा धनी महिला बनेकी छन् ।

जिन्दलको सम्पतिमा बढोत्तरी भएको उनले यो हैसियत बनाएकी होइनन् कि याङको सम्पति ह्वात्तै घटेपछि दोस्रो स्थानकी जिन्दल पहिलो बनेकी हुन् ।  जनवरीसम्म २३.७ अर्ब डलरकी मालिक याङको सम्पति ६ महिनामा झण्डै आधाले घटेर ११ अर्ब डलर बनेको छ ।

याङलाई जिन्दलले मात्र होइन उनकै देशकी धनाढ्य फ्यान होङ्वेइले उछिनेकी छन् । योसँगै लामो समय एसियाको सबैभन्दा धनी रहेकी याङ सो सूचीको तेस्रो स्थानमा पुगेकी छन् ।  रासायनिक फाइबर कम्पनी हेन्ग्ली पेट्रोकेमिकलकी अध्यक्ष तथा सिइयो फ्यानको सम्पत्ति जिन्दलभन्दा केही कम ११.३ अर्ब डलर रहेको ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सले जनाएको छ ।

को हुन् साबित्री जिन्दाल ?
सन् २००५ मा उनका पति तथा ओपी जिन्दलका संस्थापकको हेलिकप्टर दुर्घटनामा मृत्यु भएदेखि सावित्री जिन्दल समूहको अध्यक्ष छिन् ।  ११.३ अर्ब डलरकी धनी रहेकी सावित्रीको कम्पनी धातु तथा ऊर्जा उत्पादन लगायतका उद्योगहरूमा संलग्न छ ।

जिन्दाल समूह भारतमा स्टिलको तेस्रो ठूलो उत्पादक हो जो सिमेन्ट निर्माण, ऊर्जा र पूर्वाधार विकासमा पनि संलग्न छ ।  ७२ वर्षीय जिन्दल एसियाको सबैभन्दा धनाढ्य हुनुअघि भारतकी सबैभन्दा धनी महिला र समग्रमा देशको १० औं धनी व्यक्ति हुन् ।

पछिल्ला वर्षहरुमा जिन्दलको कुल सम्पत्तिमा निकै उतारचढाव आएको देखिएको छ । कोभिड–१९ महामारीको सुरुतिर सन् २०२० अप्रिलमा उनको कुल सम्पति ३.२ अर्ब डलरमा झरेको थियो ।  सन् २०२२ अप्रिलमा रुसले युक्रेनमा आक्रमण गरेपछि उपभोग्य बस्तुको मूल्य बढ्न थाल्दा उनको सम्पति १५.६ बिलियन डलरसम्म पुगेको थियो ।




Leave a Reply

Your email address will not be published.