संघीय निर्वाचनको तयारीमा जुटे दलहरु, काँग्रेससँग बार्गेनिङ गर्दै प्रचण्ड

समाचार

Sharing is caring!





सरकारले संघीय र प्रदेश निर्वाचनको मितितोक्ने तयारी गरेको छ । निर्वाचन आयोगसँग परामर्श लिइसकेका प्रधानमन्त्रीले सत्ता साझेदार दल र प्रतिपक्ष सँग पनि छलफल गरिसकेका छन् । निर्वाचन आयोग देखि सत्तापक्षका नेताहरुले पनि मंसिर ४ गते नै संघीय निर्वाचन हुने संकेत यस अघीनै गरसकेका छन् ।

दलहरुले संघीय निर्वाचनको तयारी तिब्र बनाएका छन् । प्रमुखदलहरु कांग्रेस,एमाले र माओवादीमात्र हैन सानाभनिएकादलहरु राप्रपा, जसपादेखि नयाँदलहरु पनिनिर्वाचनलक्षितआन्तरीक गृहकार्यमा वुटेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारका मन्त्रीहरूले निर्वाचनको तयारी र मिति घोषणाबारे सत्ता साझेदार दलसँग परामर्श गरिरहेको छन् ।निर्वाचनआयोगलेपनिमंसिर ४ मा नै संद्धीय निर्वाचनगर्ने तयारी भइरहेको जनाएको छ । सरकारको नेतृत्वगरिरहेको नेपालीकाँग्रेसका प्रवत्ताले पनिमंसिर ४ गते संघ र प्रदेशको निर्वाचनहुने पक्काभएको बताइसकेका छन् । काग्रेस प्रवत्ताडा. प्रकाशशरण महतलेसरकारले केहीदिनमै आगामीनिर्वाचनको मितिमंसिर ४गतेका लागीघोषणा गर्ने तयारी गरेको बताए ।

गठबन्धनभित्रकाशीर्ष नेताहरु सीट बाडफाटको तयारीमा जुटेका छन् । माओवादी केन्द्रकाअध्यक्षपुष्पकमलदाहाल प्रचण्डआगामीचुनावमाकांग्रेसपछिको ठूलो पार्टी माओवादीबनाउने अठोटका साथकार्यकर्ता माझजानथालेका छन् । केहि दिन अघि पार्टीको सम्पर्क समन्वय समितिको कार्यक्रममा प्रचण्डले आफूले नेपालीकांग्रेसका नेताहरुसँग निर्वाचनको विषयमा कुरा गरिसकेको भन्दै कांग्रेसले सहयोग नगरे सहकार्य सहजनहुने अभिव्यत्तीदिएकाथिए । जुनउनले काग्रेस सँगबार्गेनिङ गरेको प्रस्टै बुझ्न सकिन्छ । यता निर्वाचनआयोगले पनिआगामीसंघीयनिर्वाचनलाई लक्षित गरी मतदान स्थलतथामतदान केन्द्र पुनरावलोकन गर्न गृहकार्य सुरु गरीसकेको छ । भदौ ७गतेसम्मकार्यक्रम सञ्चालनहुनेगरी आयोगले कार्यक्रम स्वीकृत गरी अनुगमनगर्न कर्मचारीलाई जिल्लाजिल्लामा पठाई सकिएको जनाएको छ । साथै, उसले मंसिर भित्रनै निर्वाचनगर्न सकिने भनेर जानकारी समेत गराएको छ ।

तर प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकालकहिले सकिने भन्नेमादलतथाकानुनविद्हरु एकमत छैनन् । आयोगले २०७९ मंसिर २२ गते हालकाप्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको पदावधि समाप्तहुने भनेको छ ।नेपालको संविधान २०७२ को धारा ८५ ले प्रतिनिधिसभा र धारा १७७ ले प्रदेश सभाको कार्यकालअगावै विघटन भएकोमाबाहेक ५ वर्षको हुने उल्लेख गरेका छ । संकटकालको अवस्थामा एक वर्ष संसद्को कार्यकालथपिने व्यवस्थाभएपनिअहिलेको अवस्थात्यस्तो नभएकोले मंसिर २२ सम्मकार्यकाल रहने बुझाइको साथ सरकारले मंसिर ४ को लागि संघीय निर्वाचनको मितितोक्ने तयारीमा छ ।




Leave a Reply

Your email address will not be published.