करेन्ट लागरे १० बोलबम यात्रीको मृ,त्यु – Khabar 27 Media

समाचार

Sharing is caring!





भारतको पश्चिम बंगालस्थित जलपाइगुडीको जल्पेश मन्दिरमा जल चढाउन (बोलबम) गइरहेका १० जनाको करेन्ट लागेर ज्या,न गएको छ ।

पिकअप भ्यानमा चढेर जल चढाउन गइरहेका उनीहरूको करेन्ट लागेर ज्या,न गएको हो । यस घटनामा १६ जना घा,इते भएका छन् ।

उनीहरू बंगालको कुचबिहार जिल्लाबाट सोमबारका दिन जल चढाउन जल्पेश मन्दिर गइरहेका थिए । पिकअप भ्यानमा डिजे बजाउन जडान गरिएको जेनेरेटरमा सर्ट सर्किट भएर दु,र्घटना भएको बताइएको छ ।

प्रहरीले घटनाको अनुसन्धान सुरू गरेको छ । पिकअप भ्यानमा सवार सबै जना सीतलकुचीका बासिन्दा हुन् । प्रहरीका अनुसार भ्यानमा २७ जना सवार थिए ।



Post Views:
27




Leave a Reply

Your email address will not be published.