धरहराको होटलबाट एक महिलासहित ७ जना रंगेहात समातिए

समाचार

Sharing is caring!

काठमाडौं । होटेलबाट सात जना पक्राउ परेका छन् । रंगेहात एक महिलासहित ७ जनालाई पक्राउ गरिएको हो ।

सर्लाहीको बागमती नगरपालिका ३ धरहरास्थित घिसिङ होटेलमा जुवा खेलिरहेका उनीहरु पक्राउ परेका हुन् । सबैलाई आइतबार साँझ ६ बजेतिर नियन्त्रणमा लिइएको थियो ।

बागमती नगरपालिका ३ बस्ने
३० वर्षीया जमुना मोक्तान
३५ वर्षीय सन्चर सिंह घिसिङ
३२ वर्षीय प्रेमबहादुर बाइबा

हरिवन नगरपालिका ११ बस्ने
३४ वर्षीय मणीलाल बोम्जन
४२ वर्षीय मनोज कुमार थिङ
४५ वर्षीय जगत स्याङ्तान
४१ वर्षीय पनोज कुमार थिङ

प्रहरीका अनुसार जुवाखालबाट २ लाख १४ हजार ९७० रुपैयाँ, १६ थान कौडा, एक बुक तास र ५ थान मोबाइल पनि बरामद गरिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।


Leave a Reply

Your email address will not be published.