बाढीपहिरोबाट मृ,,त्यु हुनेको सङ्ख्या ६९ पुग्यो – Khabar 27 Media

समाचार

Sharing is caring!





इरानमा एक हप्ताभन्दा बढी समयसम्म चलेको भारी वर्षाका कारण आएको बाढीले देशभरि मृ,,त्यु हुनेको सङ्ख्या ६९ पुगेको छ । बाढी पहिरोका कारण ३९ जना घाइते भएका छन् भने अन्य ४५ जना हराइरहेका विपद् व्यवस्थापन अधिकारीले बताएका छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थापन संगठन (एनडीएमओ)का उप–प्रमुख नेजाद जहानीले अर्धसरकारी तास्निम न्यूज एजेन्सीलाई बताए । देशका २४ प्रान्तका ६६१ क्षेत्रमा खोज, उद्धार र सहायता परिचालन भइरहेको छ ।

उद्धारलाई बढाी प्रभाबित तेहरान प्रान्तको फिरुज्कुह काउन्टीमा केन्द्रित गरिएको र बाढीले अवरु,द्ध गरेका सडकहरू पुनः खाल्ने काम गरिएको इरानी रेडक्रिसेन्ट सोसाइटीका अध्यक्ष पिर–होसिन कोलिभान्डले बताए ।

उद्धार कार्य जारी रहेकाले घाइते तथा मृतकको संख्या थप बढ्ने सम्भावना रहेको जाहानीले बताए । बाढीका कारण इस्फाहान प्रान्तका १८ जिल्लामा अनुमानित २८ करोड १२ लाख अमेरिकी डलर बराबरको क्षति भएको बताइएको छ ।

बाढीले चार हजार हेक्टर खेतीयोग्य जमिन, ५० हेक्टर क्षेत्रफलमा बगैँचा, ३०सामुहिक पशुपालन केन्द्र र १० माछा खेती फार्मलाई प्रभावित बनाएको इस्फाहान, प्रकोप व्यवस्थापन संगठनका महानिर्देशक मनसौर शिशफोरशले बताए ।

उनले प्रदेशमा भीषण वर्षाका कारण ९८ किमी सडक र ६१ वटा भवन तथा पुलमा पनि क्षति पुगेको उल्लेख गरे । इरानमा भारी वर्षा सोमबारसम्म जारी रहने अनुमान गरिएको छ ।



Post Views:
41




Leave a Reply

Your email address will not be published.